शिक्षण अस्पतालले हालै २८ शवको शवपरीक्षण सम्पन्न गरेको छ। यस्तै, तीमध्ये २३ जनाको शव आफन्तहरूले बुझिसकेका छन्।

काठमाडौँ, भदौ ३०। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महराजगञ्जको फरेन्सिक विभागमा हाल जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव परीक्षण तीव्र रूपमा भइरहेको छ। अस्पताल स्रोतका अनुसार, अहिलेसम्म ४६ शव परीक्षणका लागि ल्याइसकिएको छ। फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले जानकारी दिए अनुसार, २८ जनाको पोस्टमार्टम कार्य सकिएको छ। उनी भन्छन्, “२३ शव आफन्तले लिएर गइसकेका […]

स्वास्थ्य मन्त्रालयको भवन आगलागीमा ध्वस्त, सेवा अस्थायी रूपमा अर्को भवनबाट

काठमाडौं, भदौ २४ – राजधानीको रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवनमा आइतबार साँझ भीषण आगलागी हुँदा सम्पूर्ण संरचना ध्वस्त भएको छ। आगलागीमा मन्त्रालयका कार्यालय कक्ष, फर्निचर, कम्प्युटर, कागजपत्रदेखि लिएर सवारीसाधनसम्म जलेर नष्ट भएका छन्। स्थानीय बासिन्दाले बेलुकीतिर धुवाँ र आगोको मुस्लो देखेपछि प्रहरी र दमकललाई खबर गरेका थिए। तर आगो तीव्र गतिमा फैलिएकाले करिब केही […]

प्रधानमन्त्री कार्की घाइते जेन जि युवाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगिन्

देशको कार्यकारी जिम्मेवारी सम्हाले लगत्तै प्रधानमन्त्री सुशीला कार्कीले जनताप्रति संवेदनशीलता प्रदर्शन गर्नुभएको छ। उहाँ शनिबार राजधानीस्थित एक अस्पताल पुगेर हालैको दुर्घटनामा घाइते भएका युवाहरूलाई भेट्नुभयो र उनीहरूको उपचारको अवस्था प्रत्यक्ष अवलोकन गर्नुभयो। भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले स्वास्थ्यकर्मी र चिकित्सकहरूसँग उपचार प्रक्रियाबारे जानकारी लिनुभयो। उहाँले उपचारमा कुनै पनि कमी वा लापरबाही हुन नहुने स्पष्ट निर्देशन दिनुभयो। […]

देशव्यापी आन्दोलनपछि अस्पतालमा चाप, घाइते प्रदर्शनकारीलाई प्राथमिक उपचार प्राथमिकता

काठमाडौं । पछिल्ला दिनमा ‘जेनजी’ पुस्ताले थालेको आन्दोलन देशभर फैलिँदै जाँदा स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप असामान्य रूपमा बढेको छ । विशेषगरी राजधानी केन्द्रित प्रदर्शनमा घाइते भएकाहरूलाई तत्काल उपचार दिन अस्पतालहरूलाई ठूलो दबाब परेको देखिन्छ । मीनभवनस्थित सिभिल अस्पतालमा आकस्मिक बाहेकका नियमित सेवा रोकिएको छ । अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार स्रोतसाधन र जनशक्ति दुवै […]

“फाकफोकथुम–४ मा सरसफाइ अभियान सम्पन्न”

इलाम । भदौ २० गते, इलामको फाकफोकथुम गाउँपालिका–४ फुएतपामा सरसफाइ अभियान सञ्चालन गरिएको छ। उक्त अभियानमा वडा अध्यक्षसहित जनप्रतिनिधि, वडा कार्यालयका कर्मचारी, स्थानीय स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी तथा स्थानीयवासी सक्रिय रूपमा सहभागी भएका थिए। वडा कार्यालय परिसर र यसको आसपासका सार्वजनिक स्थललाई सफा र स्वच्छ राख्ने उद्देश्यले गरिएको सरसफाइ कार्यक्रममा सहभागीहरूले घाँसपात हटाउने, फोहर सङ्कलन गर्ने र […]

४ ठाउँमा ‘वाटर एटीएम’ राख्ने सुन्दरहरैंचाका सेवक खत्री को हुन् ?

योगेन्द्र योगी सुन्दरहरैंचा (मोरङ) : गर्मीको समयलाई मध्यनजर गर्दै मोरङको सुन्दरहरैंचा –३, गछियामा आश्रय सुधार तथा उपचार केन्द्रका कार्यक्रम संयोजक तथा सामाजिक अभियन्ता सेवक खत्रीले इटहरीको तरहरा,सुन्दरहरैंचाको मुख्य केन्द्र बिराटचोक,गोठगाउँ चोक र गछिया चोकमा गरी ४ ठाउँमा निःशुल्क पिउने पानी तथा ‘वाटर एटीएम’ सेवा सुरु गरेका छन्। गर्मीको समयमा सर्वसाधारणलाई हिडडुल गर्दा पिउने पानीको समस्या […]

💠 जीवनरक्षाका लागि सहयोगको हार्दिक अपिल 💠

सुर्योदय नगरपालिका–६, उत्तरे (तारगाउँ) निवासी ७२ वर्षीय इन्द्र बहादुर राई, जो रोमन राईका पिता हुनुहुन्छ, हाल गम्भीर फोक्सो रोगका कारण बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचाररत हुनुहुन्छ। चिकित्सकहरूका अनुसार, उहाँको रोग जटिल बन्दै गएको छ र तत्काल उपचार निरन्तर रुपमा आवश्यक छ। तर, दुर्भाग्यवश उहाँको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण आवश्यक उपचार खर्च जुटाउन अत्यन्त […]

स्वास्थ्य केन्द्रलाई सामाग्री हस्तान्तरण

सुन्दरहरैचा(मोरङ) : रोटरी क्लव अफ इटहरीले मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ नेवार टोलमा रहेको गणेश लिला आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई रेफ्रिजेरेटर १ ,वेट मेसिन २ र १ थान स्ट्यान्ड फ्यान हस्तान्तरण गरेको छ। रोटरी क्लव अफ इटहरी सस्थाको तर्फबाट आजीवन सदस्य राजेश श्रेष्ठ,सचिव महेन्द्र रेग्मी लगायतको उपस्थितिमा गणेश लिला आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख […]

चिकित्सकले दिए सुझाव डेंगु लाग्दैमा नआत्तिन आग्रह

कास्की / चिकित्सकहरुले डेंगु सङ्क्रमण हुँदैमा नआत्तिन आग्रह गरेका छन् । अधिकांश सङ्क्रमित सामान्य उपचार र हेरचाहबाट निको हुने भन्दै उनीहरूले दीर्घरोगी, गर्भवती र बालबालिकामा सङ्क्रमण जटिल बन्नसक्ने औँल्याए धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेंगु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिएमा भने चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने […]

पानी सय रुपियाँमा एक बोतल

कास्की/ तोकिएको अधिकतम खुद्रा मूल्य रु २० को पानीको बोतल रु एक सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई रु दुई लाख जरिवाना गरेको छ । पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही उक्त रेस्टुरेन्टलाई गरिएको कास्कीका सहायक प्रमुख […]