सुनवलका, पशु अस्पताल डेढ करोडभन्दा बढी लगानीमा बनेको अलपत्र

नवलपरासी/ सुनवल नगरपालिका‐२ रजहवामा एक करोड ५१ लाखको लागतमा निर्माण गरिएको पशु अस्पताल सञ्चालनमा आउन सकेको छैन । अस्पतालका संरचना प्रयोगविहीन भएर अलपत्र अवस्थामा पुगेका छन् । ठेकेदारले काम सम्पन्न गरेर नगरपालिका तथा वडा कार्यालयलाई दुई वर्षअघि नै हस्तान्तरण गरेको दुई वर्ष भइसकेको छ । जनप्रतिनिधिहरूबीच केही प्राविधिक तथा व्यवस्थापकीय पक्षका बारेमा कुरा नमिलेपछि अस्पताल […]
चितवनमा, आज २० जनाले फरक कार्यपत्र प्रस्तुत गर्दै, मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन

चितवन/ मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी नेपाल)ले नेपालसहित भारत र मालदिभ्सका विज्ञको सहभागितामा सम्मेलन आयोजना गरेको हो । शुक्रबारदेखि सुरु भएको सम्मेलन आज समापन हुँदैछ । सोसाइटीका अध्यक्ष डा शङ्कर लौडारीका अनुसार सम्मेलनमा मुटुरोग विशेषज्ञ, आवासीय चिकित्सकहरु, जनरल फिजिसियनहरु, प्यारामेडिक्स गरी दुई […]
मन्त्री पौडेल,,नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौँ

काठमाडौँ/ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको भविष्य सम्झेर स्वास्थ्य बीमा सुधार अभियानमा लागिपरेको बताउनुभएको छ । गणेशमान स्मृति दिवस तथा संविधान दिवसका अवसरमा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र ५ ९क० ले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले नागरिकलाई सुलभ मूल्यमा स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य बीमा सुधार अभियान चलाएको बताउनुभयो । “स्वास्थ्यमा राज्यले धेरै […]
गुराँस एकता टोल विकास संस्थाको प्रथम साधारण सभा समपन्न

मोरङ :मोरङको सुन्दरहरैचानगरपालिका – ५ मा रहेको गुराँस एकता टोल विकास संस्थाको प्रथम बार्षिक साधारण सभा समपन्न भएको छ। वडा नम्बर ५ का वडा अध्यक्ष गणेश चौधरीको प्रमूख आतिथ्यतामा र संस्था अध्यक्ष यम बहादुर पौडेलको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो। संस्थाका सचिव कुमार सुवेदीले बार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रमामा शुभकामना […]
३ अर्ब लगानीमा नोवेलले गर्यो क्यान्सर सेवा विस्तार, रेडियोथेरापीको उपकरण भेरियन कम्पनीको ‘एज’ नेपालमै पहिलो

विराटनगर : नोवेल मेडिकल कलेज शिक्षण अस्पतालले क्यान्सर रोगको उपचार सेवा विस्तार गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच नवनिर्मित भवनमा नोवेलले रेडिएसन थेरापी सेवा सुरु गरेको हो । तीन अर्ब लगानीमा रेडिएसन थेरापीका लागि बंकरसहितको भवन, आवश्यक जमिन र अत्याधुनिक उपकरणहरूको व्यवस्था गरिएको अस्पतालमा अब दैनिक बहिरङ्ग अर्थात ओपीडी सेवा, डे केयर, भर्ना गरी उपचार […]
गाउँमै स्वास्थ्य सेवा,,विपन्न बिरामीलाई आर्थिक सहयोगसहित

ढोरपाटन/ बडिगाड गाउँपालिकाले बिपन्न परिवारका बिरामीलाई आर्थिक सहयोगसहित जनताका घरआँगनमा स्वास्थ्य सेवा प्रवाह गरेको छ । स्थानीय तह स्थापना हुनुअघि सातवटा मात्रै स्वास्थ्यचौकी रहेकामा यो पालिकामा हाल १६ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् भने १८ शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारीमा छ । गाउँपालिकाले स्वास्थ्यचौकीसहित गाउँ–गाउँमा आभारभूत स्वास्थ्य सेवा केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी […]
अस्पतालबाट साढे चार लाख बढीले लिए, पश्चिमाञ्चल क्षेत्रीय सेवा

कास्की/ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गत आर्थिक वर्ष २०८०/०८१ मा चार लाख ५५ हजार पाँच सय छ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । अस्पतालका मेडिकल रेकर्ड अधिकृत तीर्थ गौतमका अनुसार गत एक वर्षमा ओपीडीमा चार लाख छ हजार सात सय २९ र इर्मेजेन्सीमा ४८ हजार सात सय ७७ जनाले सेवा लिएका हुन् । ओपीडी सेवा […]
जापनिज इन्सेफ्लाइटिसको बिरामी फेला परेको, बाँकेको नरैनापुरमा

नेपालगञ्ज/ बाँकेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्लाइटिसको बिरामी फेला परेको छ । नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा प्रतिमा खड्काले जानकारी दिइन् । उनले बिरामीको एक सातासम्म अस्पतालको ‘आइसीयू’मा उपचार भएको र अहिले ती बालिकाकाको अवस्था सामान्य भएको बताइन् । “प्रयोगशाला परीक्षणमा बालिकालाई जापनिज इन्सेफ्लाइटिसको भएको पुष्टि भयो”, […]
बाँकेमा एकजनाको झाडाबान्ताका कारण मृत्यु

नेपालगञ्ज / बाँकेको जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए । “परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी प्रशस्त नखाएको र समयमा उपचार नभएकाले मृत्यु भएको हुनसक्छ”, उनले भने । सो पालिकामा तीनजनामा झाडाबान्ताका बिरामी भेटिएका छन् […]
नियमविपरीत गरि औषधि पसल सञ्चालन भएको कारबाह

नवलपरासी / पश्चिम नवलपरासीमा नियमविपरीत सञ्चालन भएका औषधि पसललाई कारबाही गर्न थालिएको छ । जिल्लामा औषधि पसल बिनादर्ता सञ्चालन भएको गुनासो बढेपछि स्वास्थ्य कार्यालय, स्थानीय तह, जिल्ला प्रशासन, करदाता सेवा कार्यालयसहितको संयुक्त टोलीले अनुगमन गर्न थालेको हो । अनुगमनका क्रममा सदरमुकामका दुई औषधि पसललाई जरिवाना गरिएको हो । जिल्लामा ६० भन्दा बढी औषधि पसल बिनादर्ता […]

