मेस्सी र एमबाप्पे चम्केपछि पीएसजीकाे शानदार विजय

काठमाडौ । लियोनल मेस्सी र केलियन एम्बाप्पेले चम्केपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले युईएफए च्याम्पियन्स लिग अन्तर्गत समूहको अन्तिम खेलमा क्लब ब्रुगमाथि ४-१ काे शानदार जित निकालेकाे छ । खेलमा मेस्सी र एम्बाप्पेले समान २/२ गाेल गरे । अर्का स्टार खेलाडी नेयमार अनुपस्थित रहेको खेलको दोस्रो मिनेटमा नै पीएसजीले एमबाप्पेको गोलमा अग्रता लिएको थियो […]
यू–१९ महिला फुटबल च्याम्पियनसिप साफमा नेपालको लक्ष्य उपाधि

काठमाडौ । नेपालले बंगलादेशमा आयोजना हुने दक्षिण एसियाली यू–१९ महिला फुटबल च्याम्पियनसिप (साफ)मा सहभागिता जनाउन सबै तयारी पूरा गरेको छ । नेपाली महिला यू–१९ टोलीका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले प्रतियोगितामा आफ्नो लक्ष्य नै उपाधि रहेको बताएका छन् । ‘तयारीअनुसार साफ च्याम्पियनसिपमा नेपालको लक्ष्य उपाधि हुनेछ,’ अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार आयोजना गरेको बिदाइ कार्यक्रममा […]
जेनोआमाथि जित निकाल्दै युभेन्टस पाँचौं स्थानमा उक्लियो

काठमाडौ । इटालियन सिरी ए फुटबल अन्तर्गत गए राति भएको खेलमा युभेन्टस विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्टसले जेनोआलाई २–० ले पराजित गरेको हो । युभेन्टसको जितमा नवौं मिनेटमा जु कुआड्राडो र ८२ औं मिनेटमा पाउलो डिबालाले गोल गरेका हुन् । आठौं जित निकाल्दै युभेन्ट्स पाँचौं स्थानमा उक्लिएको छ । युभेन्ट्स १६ […]
फ्रेडको गोलमा युनाइटेड विजयी

काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले आइतबार क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा युनाइटेडका लागि फ्रेडले दोस्रो हाफमा निर्णायक गोल गरे । फ्रेडले ७७औं मिनेटमा मासोन ग्रीनउडको पासमा उत्कृष्ट गोल गरेका थिए । युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फ राङनिकको जितबाट प्रशिक्षण यात्रा सुरु गरेका छन् । जितपछि १५ खेलबाट […]
वाई–वाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले उचाले

काठमाडौ । सुदूरपश्चिम प्रदेशलाई हराउँदै लुम्बिनी प्रदेशले वाई–वाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा लुम्बिनीले सुदुरपश्चिम प्रदेशलाई १ सय १३ रनले पराजित उपाधि हात पारेको हो । २ सय १३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २८.३ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटिँदा लुम्बिनीले फाइनलमा फराकिलो जित […]
यू–१९ महिला साफ फुटबलका लागि नेपाली टिम घोषणा

काठमाडौं । राष्ट्रिय टोलीका ६ खेलाडी समावेश गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने यू–१९ महिला साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको छ । यू–१९ महिला टोलीमा राष्ट्रिय टोलीको गोलकिपर अन्जना रानामगर, रक्षक विमला बिक, सविता रानामगर, रश्मीकुमारी घिसिङ, प्रीति राई र रजनी थोकर छन् । उनीहरूले गत साउनमा सम्पन्न एएफसी […]
ज्याभीको बार्सालाई घरेलु मैदानमा झट्का

काठमाडौ । बार्सिलोनाको म्यानेजरका रुपमा ज्याभीको अपराजित यात्रामा पूर्णविराम लागेको छ । शनिबार स्पेनिस ला लिगामा बार्सा आफ्नो घरेलु मैदानमा नै रियल बेटिससँग पराजित बनेको हो । ज्याभीले लिगमा आफ्ना सुरुवाती दुई खेल जितेका थिए भने च्याम्पियन्स लिगमा बेनफिकासँग बराबरी खेलेका थिए । पराजयपछि बार्सिलोना १५ खेलबाट २३ अंकसहित लिगको सातौँ स्थानमा सिमित रहेको छ […]
फरक रणनीतिमा थ्रिस्टारको तीन फरक नतिजा : जित, हार र बराबरी

काठमाडौं । पहिलो खेलमा सानदार जित निकालेर दोस्रो खेलमा हार बेहोरेपछि तेस्रो खेलअघि थ्रिस्टार क्लबका लागि फ्रेन्ड्विरुद्धको खेलमा जिन निकाल्ने दबाब थियो। राष्ट्रिय टिमका आयुष घलान, अनन्त थापा, संजोक राई तथा उत्कृष्ट डिफेन्डर विक्रम थापासहितको टिम तेस्रो खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिएको थियो। तर एक गोलले पछि परेको अवस्थामा गोल गर्दै थ्रिस्टार बरबरीमै […]
माओवादी केन्द्रका नेता गुप्ताले गरे क्रीकेट टुनामेन्टको उद्घाटन

महेश सिंह सिरहा । स्वास्थको लागी खेलकुद युवाहरुको लागी खेलकुद मुलनाराको अभिभराको प्रमाणित गर्दै सिरहाको लहान नगरपालिका वडा नम्बर ४ मा क्रीकेट टुनामेन्टको उदघाटन भएको छ। माओवादी केन्द्रका युवा नेता मनोज सहनीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा माओवादी केन्द्रका जिल्ला सदस्य तथा लोकप्रीय नेता बिजय गुप्ता रहनु भएको थियो । बिशिस्ट अतिथिमा […]
यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्ने

काठमाडौं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार भएको खेलमा सुदूरपश्चिमले वाग्मती प्रदेशलाई ८ विकेटको हराएसँगै फाइनल प्रतिस्पर्धीको टुंगो लागेको हो । लुम्बिनी यसअघि नै ६ मध्ये पाँच खेल जित्दै फाइनलमा पुगिसकेको छ । सुदूरपश्चिमले ६ मध्ये चार खेल जित्दै ८ अंक जोडेर फाइनलमा […]
