उत्तर कोरियाद्वारा हाइपरसोनिक मिसाइल सफलतापूर्वक परीक्षण

बीबीसी । उत्तर कोरियाले बुधबार सफलतापूर्वक हाइपरसोनिक मिसाइल (क्षेप्यास्त्र) परीक्षण गरेको उत्तर कोरियाली सरकारी समाचार संस्थाले जनाएको छ । यसअघि, दक्षिण कोरियाली र जापानी अधिकारीहरूले बुधबार प्रक्षेपण गरेको अस्त्र ब्यालिस्टिक मिसाइल हुन सक्ने अनुमान गरेका थिए । यो उत्तर कोरियाको यस वर्षको प्रमुख हतियार परीक्षण हो । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएले सो मिसाइलले […]

सुडानका प्रधानमन्त्रीले दिए राजीनामा

खार्तुम । सुडानका प्रधानमन्त्री अब्दुल्ला हामडोकले राजीनामा दिएका छन्। विरोधीहरुको निरन्तर प्रर्दशन र दबाबपछि सुडानका प्रधानमन्त्रीले राजीनामा दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा समाचार छ। सैनिक ‘कु’लाई समर्थन गर्दै राज्य संचालन प्रक्रियामा त्यहाँको सेनासँग शक्ति बाँडफाँड गरेको भन्दै सुडानी प्रधानमन्त्री हामडोकविरुद्ध प्रदर्शन हुँदै आएको थियो। प्रदर्शनकारीहरुले उनीमाथि सेनासँग सत्ता सम्झौता गरेको आरोप लगाएका थिए। गत अक्टोबरमा सुडानमा सैनिक […]

नयाँ वर्ष इस्वी सन् २०२२ सुरु

काठमाडौ । गे्रगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका […]

ओमिक्रोन र डेल्टा मिलेर संसारमा ल्याइरहेको छ कोरोनाको खतरनाक सुनामी : डब्लूएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको डेल्टा र ओमिक्रोन भेरियन्ट मिलेर संसारमा कोभिड–१९ को नयाँ संक्रमितको खतरनाक सुनामी ल्याइरहेको बताएको छ । डब्लूएचओका प्रमुख टेडरोस एडनोम गेब्रियासिसको यो बयान यस्तो समयमा आएको छ जब अमेरिका र युरोपमा कोरोना संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि भइरहेको छ । गेब्रियासिसले भने, ‘विश्वभरिका स्वास्थ्य प्रणाली पहिले नै […]

क्यालिफोर्नियामा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु (भिडियाेसहित)

क्यालिफोर्निया । क्यालिफोर्नियामा एउटा सानो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एउटा व्यावसायिक जेट विमान क्यालिफोर्नियाको सान डिएगोनजिकै दुर्घटना भएको हो । दुर्घटनामा कोही पनि जीवित नभेटिएको उद्दारकर्ताहरुले बताएका छन् । तर, विमानमा कति जना यात्रु थिए भन्ने बारेमा प्रष्ट खुलेको छैन् । दुर्घटनापछि विमानमा आगो लागेको थियो । अग्नि नियन्त्रकहरुले जलेका […]

भारत सरकारले गर्‍यो मदर टेरेसाको च्यारेटीको बैंक अकाउन्ट बन्द

एजेन्सी । भारत सरकारले मदर टेरेसाको पश्चिम वंगालस्थित मिसिनरिज अफ च्यारेटी (एमओसी) को बैंक अकाउन्ट बन्द गरेको छ । दक्षिणपन्थी हिन्दु समूहहरूले देशका विभिन्न स्थानमा क्रिसमसका कार्यक्रमहरूलाई बिथोलेको विवरण सार्वजनिक भइरहेका बेला एमओसीको अकाउन्ट बन्द गरिएको हो । हिन्दुवादी विशेष गरी मोदीको उत्तर प्रदेशस्थित मोदीको निर्वाचन क्षेत्रमा क्रिश्चियनविरुद्ध जाइलागेका छन् । आगामी फ्रेब्रुअरीमा उत्तर प्रदेशमा […]

विदेशी मुद्राको विनिमय दर आज यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७४ पैसा र बिक्री दर १२० रुपैयाँ ३४ पैसा कायम गरेको छ । युरोपियन यूरो आज एकको खरिद दर १३५ रुपैयाँ ५३ पैसा र बिक्री दर १३६ रुपैयाँ २१ […]

भारतको राजधानी दिल्लीमा कोरोना बढेपछि रात्रिकालीन कर्फ्यू

काठमाडौं, पुस १२ । भारतको राजधानी दिल्लीमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि रात्रिकालीन कर्फ्यू जारी गरिएको छ। केही दिनदेखि दिल्ली लगायत भारतका केही शहरमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेको छ। जसले गर्दा राजधानी दिल्लीमा सोमबारदेखि लागू हुने गरी रात्रिकालीन कर्फ्यू जारी गरिएको हो । दिल्ली राज्य सरकारले राती११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू आदेश […]

जेलमा रहेकी दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्कलाई क्षमादान

एजेन्सी । दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क गियुन हेले क्षमादान पाएकी छिन् । उनलाई राष्ट्रपति मुन जेइनले क्षमादान घोषणा गरेका हुन् । ६९ वर्षीया पूर्वराष्ट्रपतिको स्वास्थ्य खराब भएपछि क्षमादान दिइएको उल्लेख छ । उनीमाथि पदको दुरुपयोग गरेको र घूस लिएको ठहर भएको थियो । सन् २०१८ मा पदबाट हटेपछि जेल हालिएको थियो । पाखुरा र ढाँडको […]

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय नेता ग्याब्रिएल बोरिक निर्वाचित

काठमाडौँ । दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा ३५ वर्षीय युवक निर्वाचित भएका छन् । पूर्वविद्यार्थी नेतासमेत रहेका वामपन्थी नेता ग्याब्रिएल बोरिक राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ३५ वर्षीय बोरिस चिलीको इतिहासमा नै अहिलेसम्मका कान्छा राष्ट्रपति हुन् । उनले सन् २०१९ र २०२० असमानता तथा भ्रष्टाचारविरोधी आन्दोलनलाई समर्थन गरेका थिए । चिलीमा सरकारविरुद्ध भएको व्यापक प्रदर्शनपछि […]