शिक्षा क्षेत्रमा ठूला सुधार घोषणा: दलीय विद्यार्थी संगठन हट्ने, स्नातकसम्म नागरिकता अनिवार्य नहुने

काठमाडौं । सरकारले शिक्षा क्षेत्रलाई सुधार र व्यवस्थित बनाउने उद्देश्यसहित महत्वपूर्ण नीतिगत निर्णयहरू सार्वजनिक गरेको छ। विशेषगरी विद्यालय तथा विश्वविद्यालयहरूमा देखिँदै आएको दलीय प्रभाव अन्त्य गर्ने लक्ष्यसहित नयाँ योजना अघि सारिएको हो। सरकारका अनुसार अब शिक्षा संस्थाहरूमा सक्रिय दलीय विद्यार्थी संगठनहरूको संरचना क्रमशः हटाइनेछ। यस निर्णयअनुसार आगामी ६० दिनभित्र त्यस्ता संगठनका औपचारिक संरचना हटाउने प्रक्रिया […]
नेविसंघको १२औँ महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव, विस्तृत कार्यतालिका सार्वजनिक

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो १२औँ केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने उद्देश्यसहित विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। संगठनको आन्तरिक तयारीलाई व्यवस्थित बनाउन र समयमै अधिवेशन सम्पन्न गर्ने लक्ष्यसहित मिति प्रस्ताव गरिएको हो। नेविसंघका अध्यक्ष दुजाङ शेर्पा ले आगामी २०८३ साल वैशाख २० र २१ गते महाधिवेशन आयोजना गर्ने प्रस्ताव अघि सारेका छन्। यस प्रस्तावलाई कार्यान्वयनमा […]
झापामा सात जनालाई एमबीबीएस पढ्ने अवसर, जिल्लामै साकार हुँदै चिकित्सक बन्ने सपना

झापा । सानैदेखि चिकित्सक बन्ने सपना बोकेका झापाका विद्यार्थीहरूका लागि खुसीको खबर आएको छ। अब झापाका युवायुवतीले डाक्टरी शिक्षा पढ्न काठमाडौँ वा विदेश धाउनुपर्ने अवस्था क्रमशः अन्त्य हुँदै गएको छ। मेचीनगरस्थित बीएण्डसी मेडिकल कलेज सञ्चालनमा आएपछि झापाका सात जना विद्यार्थीले आफ्नै गृहजिल्लामै एमबीबीएस अध्ययन गर्ने अवसर पाएका छन्। ऋतिकाको सपना जिल्लामै पूर बिर्तामोड–९ की १९ […]
मण्टेश्वरी सेकेण्डरी स्कुल इलामको २१औँ स्थापना दिवस तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

इलाम । इलामस्थित मण्टेश्वरी सेकेण्डरी स्कुलको २१औँ स्थापना दिवस तथा सम्मान कार्यक्रम २०८२ साल पुष १७ गते विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको शैक्षिक यात्राको २१ वर्ष पूरा भएको अवसरमा आयोजित उक्त कार्यक्रममा शिक्षा, समाज र विद्यालय व्यवस्थापनसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्बरकुमारी देवानको अध्यक्षतामा […]
चुलाचुली–३ स्थित किराँतेश्वर माविका विद्यार्थी अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा चौथो

चुलाचुली इलाम – वडा बाल सञ्जाल, चुलाचुली गाउँपालिका वडा नम्बर ०३ को आयोजनामा २०८२ साल पुस १४ गते सम्पन्न अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा श्री किराँतेश्वर माध्यमिक विद्यालय, चुलाचुली–०३ पेल्टिमारीका विद्यार्थीहरूले चौथो स्थान हासिल गर्न सफल भएका छन्। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। बौद्धिक क्षमता, तर्कशक्ति तथा सामान्य ज्ञानको परीक्षण गर्ने उद्देश्यले आयोजना गरिएको […]
आदर्श माध्यमिक विद्यालय इलाममा आगलागी सुरक्षा सम्बन्धी सचेतना तथा व्यवहारिक प्रशिक्षण

इलाम – इलामस्थित आदर्श माध्यमिक विद्यालयमा गठन गरिएको जुनियर युवा रेडक्रस समितिको आयोजनामा आगलागी सुरक्षा सम्बन्धी सचेतना तथा व्यवहारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल, श्रीअन्तु गुल्मसँगको समन्वयमा सञ्चालन गरिएको हो। कार्यक्रममा घरायसी भान्छा तथा वन क्षेत्रहरूमा आकस्मिक रूपमा आगलागी हुँदा अपनाउनुपर्ने सुरक्षा उपायबारे विद्यार्थीहरूलाई जानकारी दिइएको थियो। आगो लाग्ने सम्भावित […]
अपाङ्गता भएका बालबालिकाको शिक्षामा सहयोग गर्दै चुलाचुली गाउँपालिका

इलाम । इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले अपाङ्गता भएका बालबालिकाको शैक्षिक सहभागिता र सिकाइ प्रक्रियालाई सहज बनाउने उद्देश्यले शैक्षिक सामग्री सहयोग कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको पहलमा पालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत २७ जना अपाङ्गता भएका बालबालिकालाई आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको हो। कार्यक्रमअन्तर्गत पौष ३ गते वडा नम्बर ३ बाट […]
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीलाई स्वागत

विराटनगर । साउथ एसियन स्कूल अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज, विराटनगरले बीबीए र बीएचएम कार्यक्रमका नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्न कलेज परिसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। प्रमुख अतिथि डा. श्रेष्ठले विद्यार्थीहरूलाई अध्ययनमा अनुशासन, सीप विकास र व्यवहारिक ज्ञानमा […]
शिक्षिकाद्वारा जन्मदिनकै दिन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इलाम । इलाम नगरपालिका–१२ साङ्रुम्बास्थित रत्नलक्ष्मी आधारभूत विद्यालयकी शिक्षिका गंगा देवी अधिकारीले आफ्नो जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग संख्या जोड्दै विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी छन्। शिक्षण क्षेत्रमा लामो समयदेखिको अनुभव बोकेकी अधिकारीले जन्मदिन मनाउने परम्परालाई समाजोपयोगी कार्यमार्फत अर्थपूर्ण बनाउनु आवश्यक रहेको बताउँदै विद्यालयका बालबालिकालाई अध्ययनमा जोड दिन सहयोगस्वरूप सामग्री प्रदान गरेको उल्लेख गरिन्। शैक्षिक सामग्री […]
कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक: ७३.४१ प्रतिशत विद्यार्थी ग्रेडेड

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको छ। प्रकाशन भएको विवरणअनुसार, परीक्षामा सहभागी कुल एक लाख ४ हजार २६ विद्यार्थीमध्ये ७६ हजार ३६७ विद्यार्थीले उत्तीर्ण प्राप्त गरेका छन्, जसअनुसार ग्रेडेड विद्यार्थीको प्रतिशत ७३.४१ प्रतिशत रहेको छ। नन–ग्रेडेड विद्यार्थीलाई लक्षित गर्दै बोर्डले ७ र ८ असोजमा मौका परीक्षा सञ्चालन गरेको थियो। […]
