बङ्गलादेशबाट स्वदेश फर्किएका नेपालि विद्यार्थी मंगलबारसम्म १४ सय

काठमाडौ / बङ्गलादेशबाट स्वदेशमा फर्किएका नेपाली विद्यार्थी मंगलबारसम्म १४ सय पुगेका छन । भने मात्र ४७ जना नेपाली विद्यार्थी त्रिभुवन विमानस्थलमा आइपुगेका थिए । बङ्गलादेशको ढाकास्थित नेपाली दूतावासले नेपाली विद्यार्थीहरुलाई नेपाल फर्कन चाहाना गर्नेहरुलाई यात्रा सहज बनाउन सम्बन्धित निकायसंग समन्वय गरिरहेका परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिनुभएको थियोे । सामाजिक सञ्जालमार्फत मन्त्री राणाले सम्मेत मंगलबारसम्ममा […]
नेपाली विद्यार्थी बंगलादेशबाट फर्केर काँकडभिट्टामा तीन दिनमा ३४० जना

झापा / पूर्वी नाका झापाको काँकडभिट्टा हुँदै तीन दिनमा ३४० जना नेपाली विद्यार्थी बंगलादेशबाट आफ्नो फर्किएका छन् । बंगलादेशबाट आरक्षणविरोधी आन्दोलन हिंस्रक बन्न थालेपछि नेपाली विद्यार्थीहरु धमाधम स्वदेश फर्किन थालेका छन । बंगलादेशमा जागिरमा आरक्षणको विरोधमा आन्दोलन हिंसात्मक बनेर ज्यान जाने क्रम बढेपछि नेपालीसहित विदेशी विद्यार्थी धमाधम स्वदेश फर्किन थालेका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका […]
कक्षा आठको परीक्षामा एक सय ७८ विद्यार्थी सहभागी, पाँच जना उत्तीर्ण

ताप्लेजुङ, चैत २६ । ताप्लेजुङको मेवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा पाँच जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी एक सय ७८ विद्यार्थीमध्ये पाँच जना विद्यार्थी उत्तीर्ण भएका हुन् । गाउँपालिकामा आठ वटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ का विद्यार्थी परीक्षामा सामेल थिए । जसमध्ये चार वटा विद्यालयका विद्यार्थी निल भएको […]
भर्ना अभियान सुरु हुनुअगावै पाठ्यपुस्तक पुर्याउने तयारी

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८१ सुरु हुनअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने भएको छ। यसका लागि केन्द्रले यही चैत १५ गतेभित्र पाठ्यपुस्तक छपाइ सम्पन्न गरेर उपत्यकाबाहेक सातवटै प्रदेशमा रहेका केन्द्रको नौवटा वितरण केन्द्रबाट चैत १६ गतेदेखि पुस्तक वितरण सुरु गर्ने भएको छ। ‘हामीले जिम्मेवारी पाएको कक्षा ५ देखि १० सम्मका […]
इलाममा बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी

इलाम, फागुन १६ । सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा हुनुहुन्छ । “भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु”, उहाँले भन्नुभयो । विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन् । […]
चन्दा उठाएर विद्यार्थीलाई बाँडियाे न्यानो कपडा

मन्थली ।रामेछापको लिखु तामाकोशी गाउँपालिका- ४ मा स्थानीयवासीले चन्दा संकलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन्। स्थानीयले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन्। विद्यालयका पूर्वविद्यार्थी र शुभेच्छुकले चन्दा सङ्कलन तथा देउसीभैलो कार्यक्रम गरी शिशु कक्षादेखि १० कक्षा सम्मका एक सय ६० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका प्रध्यानाध्यापक हरिश्चन्द्र महतले जानकारी […]
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाण्डाै, पुस २० । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । उपकुलपतिको नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना प्रकाशन दरखास्त आह्वान गरेको हो । आज सार्वजनिक सूचनामा कुलपतिबाट रिक्त उपकुलपति नियुक्त गर्न त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १८ को उपदफा (२) अनुसार गठित सिफारिस समितिबाट स्वीकृत […]
महोत्तरीको राजकीय संस्कृत माविको नयाँ भवन उद्घाटन

महोत्तरी । महोत्तरीको श्री राजकीय संस्कृत माध्यामिक विद्यालयको नयाँ भवन उद्घाटन भएको छ। मटिहानीमा नवनिर्मित २ कोठे पक्की भवनको मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले उद्घाटन गरेका हुन्। सो अवसरमा बोल्दै नगर प्रमुख मण्डलले देशकै सबभन्दा जेठो करिब ३०५ वर्ष पुरानो विद्यालयमा निर्माण गरिएको उक्त भवनले पठनपाठन गर्न गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उक्त […]
शिक्षामा होइन, कीर्तिमानको चक्करमा त्रिवि

काठमाडौं, पुस ४ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सोमबार आयोजित ४९औं दीक्षान्त समारोहमा धेरै विद्यार्थीको उपस्थिति गराएर ‘गिनिज विश्व रेकर्ड’ राखेको गलत सूचना दिएको छ। विश्वविद्यालयको आधिकारिक वेबसाइटमा गिनिज विश्व रेकर्ड कायम गरेको र संस्थाका आधिकारिक प्रतिनिधिले प्रमाणपत्र उपलब्ध गराएको भन्ने गलत सूचना राखिएको छ। दशरथ रंगशालामा त्रिविद्वारा आयोजित ४९औं दीक्षान्त समारोहमा धेरै संख्यामा विद्यार्थी र […]
त्रिविको ४९ औं दीक्षान्त समारोह आज

काठमाडौं, पुस २ । त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह आज (सोमबार) हुँदैछ । त्रिविले यसपटक दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गर्ने भएको छ । ७३ हजार सात सय ४९ जना विद्यार्थीमध्ये यसपालि दीक्षित हुनका लागि १२ हजार चार सय १५ जनाले फारम भरेको त्रिवि जनसम्पर्क महाशाखाका कृष्ण बस्ताकोटीले जानकारी दिए । एकैपटक धेरै विद्यार्थी […]

