शिक्षक अभावले पठनपाठनमा समस्या

सुनसरी, पुस १ । नेपालको ‘श्रीलङ्का टापु’ भनेर चिनिने बराहक्षेत्र नगरपालिकाको वडा नं ६ स्थित आधारभूत तहको विद्यालय सञ्चालन गर्न पनि जनशक्ति अभाव भएको छ । सप्तकोशीपारिको एकमात्र सो जनता आधारभूत विद्यालयमा शिक्षक  अभाव हुँदा दैनिक पठनपाठनमा समस्या भएको हो ।  आवश्यकतानुसारका शिक्षक नहुँदा विद्यालयको पठनपाठनमा बाधा पुगिरहेको विद्यालयका प्रधानाध्यापक सन्तोष कर्माकार जानकारी दिनुभयो  । […]

आर.आर. क्याम्पसमा बि.ए. तहमा दरबन्दी शिक्षकको व्यवस्था गराउन जोडदार माग

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा अभियान्ता, शिक्षक, नेपाल भाषा अध्ययनरत विद्यार्थी र रत्न राज्यलक्ष्मीका क्याम्पस प्रशासनबीच बि.ए. तहमा भर्नाभएका विद्यार्थीहरुलाई अध्ययन गर्ने अधिकारबाट बञ्चित गरेको बिषयमा पत्रकारिता हलमा छलफल भएको छ । मंशिर २८ गते बिहिबार भएको कार्यक्रममा नेपाल भाषा अभियान्ता प्रशान्त डंगोलले रत्न राज्यलक्ष्मी क्याम्पसमा अरु विषयका विद्यार्थीहरुले अन्य विषयमा अध्ययन गरिरहदा नेपालभाषामा […]

सुनसरीको इनरुवा नगरपालिकाको शिक्षाको बेथिति अन्त्य गर्न माग

सुनसरी, मङ्सिर २८ । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको शिक्षा क्षेत्र दिनप्रतिदिन खस्कदै गएको र विद्यार्थीमाथि खेलबाड भइरहेको भन्दै सरोकारबालाहरुले सुधारको माग गरेका छन् । विद्यालय शिक्षा नाजुक भएको भन्दै विद्यालयमा निगरानी आवश्यक रहेको भन्दै इनरुवा नगर शैक्षिक सुधार अभियानले ज्ञापन पत्र बुझाएको छ । अभियानद्वारा बुझाएको पत्रमा शिक्षाको बेथिति अन्त्यको माग गरिएको छ । […]

त्रिविको ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउनेको नामावली सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको छ । आगामी पुस २ गते दशरथ रङ्गशालामा हुने सो समारोहमा विश्वविद्यालयबाट विभिन्न तह एवं विषयका उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई पदक एवं पुरस्कार प्राप्त गर्न लागिएको हो । त्रिविले यो पटक हरेक वर्ष प्रदान गर्दै आएको […]

सुनसरीको धरानमा पढाइ सुधार्न घर–घरमा शिक्षक

धरान (सुनसरी) । विद्यार्थीको पढाइ सुधार्न धरान–१२ चतरा लाइनस्थित पब्लिक उच्च माविका शिक्षक तथा व्यवस्थापन समिति सदस्यले घरदैलो अभियान सुरु गरेका छन्। नमुना विद्यालयका रुपमा स्थापित यस विद्यालयले शैक्षिकस्तर थप उकास्न विद्यार्थीका घर–घरमा जाने अभियान सुरु गरेको हो। दसैँ, तिहारलगायत बिदा सदुपयोग गर्दै विद्यालय व्यवस्थापन समिति र शिक्षकले पहिलो चरणमा विद्यार्थीको घर–घरमा पुगेर घरदैलो अभियानको […]

शुल्क तिर्न नसकेर विद्यार्थी मर्नुपर्ने स्थितिको अन्त्य हुन जरुरीः मन्त्री बस्नेत

काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुल्क तिर्न नसकेर विद्यार्थीले मर्नुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताएका छन् । मंगलवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन्। उनले क्याम्पसको शुल्क तिर्न नसकेर मर्नुपर्ने बाध्यताको अन्त्य गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताए। उनले शिक्षा समितिले पनि यस […]

कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक

काठमाडौ, बैशाख १३ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र बोर्डले सार्वजनिक गरेको हो । जसमा एक हजार ४५३ परीक्षा केन्द्र रहने छ भने चार लाख ६७ हजार परीक्षार्थीहरु परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको […]

यी हुन् कैलाली धनगढीका शून्य नतिजा ल्याउने १७ विद्यालय

धनगढी उपमहानगरपालिकास्थित १७ विद्यालयका विद्यार्थीले कक्षा ८ को परीक्षामा फेल अर्थात् ननग्रेड भएका छन्। कैलाली । धनगढी उपमहानगरपालिकास्थित १७ विद्यालयका विद्यार्थीले कक्षा ८ को परीक्षामा फेल अर्थात् ननग्रेड भएका छन् । सार्वजनिक गरिएको नतिजा अनुसार १ संस्थागत र १६ सामुदायीक गरी १७ विद्यालयको नजिता निल आएको हो। अब सुरु हुने नयाँ शैक्षिक सत्रमा ती १७ […]

उदयपुरमा विद्यालयमै च्याउ खेती गरेर पढाइ खर्च जुटाउँदै विद्यार्थी

उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकतर्फका कक्षा ११ का विद्यार्थीले च्याउ खेतीबाट आम्दानी लिन थालेका छन् । उनीहरुले आम्दानी लिँदा यस क्षेत्रको च्याउ पारखीहरूलाई ताजा च्याउको स्वाद पनि मिलेको छ । कक्षा ११ को सैद्धान्तिक अध्ययनसँगै विद्यार्थीले अभ्यासमार्फत च्याउ खेती गरेका हुन् । “किताब पढ्नेमात्रै होइन यसलाई व्यवहारमा उतार्नका लागि खेती […]

चौधरी ग्रुपद्वारा संचालित सिजि पोलिटेक्निक शाखा कार्यालयमा कक्षा शुभारम्भ(तस्बिर सहित)

नवलपरासी, १ पुस । पश्चिम नवलपरासीको प्रतापपुरमा “चौधरी ग्रुपद्वारा संचालित सिजि पोलिटेक्निक शाखा कार्यालयमा आजबाट कक्षा शुभारम्भ भएको छ । हाल सिजी पोलिटेक्निक शाखा कार्यालय नवलपरासी प्रतापपुरमा इलेक्ट्रिकल तर्फ ७२ जना र मेकानिकल तर्फ ५२ जना विद्यार्थी भर्ना भएका छन् । कक्षा विहान ७ बजेबाट सॉझ ६ बजेसम्म चल्ने सिजी पोलिटेक्निकका प्रिन्सिपल शिव हरी ढकालले जानकारी दिए । आज एक कार्यक्रम […]