२४ घण्टामा देशभर १२ हजार ८ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

काठमाडौं, माघ ११ । पछिल्लो २४ घण्टामा देशभर १२ हजार ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनामा परीक्षण भएको थियो । सोही अवधिमा ८ जनाको मृत्यु भएको छ भने ३०४० जना निको भएका छन् । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ […]
बारामा थप एक जना कोरोना संक्रमितको मृत्यु

बारा, माघ ११ । बारामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको कोल्हवी नगरपालिका – ३ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो । माघ १० गते एन्टीजेन परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उनको नारायणी अस्पतालमा उपचारका […]
टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः हुँदै

काठमाडौँ, माघ ११ गते । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताउनुभयो । उहाँका अनुसार आज […]
साढे १७ हजार शिक्षक माग, दुई लाखभन्दा बढीको आवेदन, अझै बढ्न सक्ने

काठमाडौ, माघ १० । शिक्षक सेवा आयोगले प्राथमिकदेखि माध्यमिक तहसम्मका लागि साढे १७ हजार शिक्षक माग गर्दा दुई लाखभन्दा बढीले आवेदन दिएका छन् । आयोगले प्रावि तहमा १३ हजार दुई सय ९७, निमाविमा दुई हजार ६ सय ६ र माध्यमिक तहमा एक हजार पाँच सय ५२ शिक्षकका लागि विज्ञापन गरेको थियो । त्यसको १२ गुणा […]
सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपमहानगरपालिकाको वडा नम्बर १ शान्तिनगरका ७७ वर्षीय वृद्धको आज (सोमबार) बिहान करिब ४ बजेतिर मृत्यु भएको हो । यही माघ ६ गते पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएका उनको अस्पतालको आईसीयूमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय […]
नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि

काठमाडौं, माघ ९ । नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो समय देशभरबाट संकलित ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन पुष्टि भएको हो । बाँकी ४ वटा नमुनामा डेल्टा भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय परीक्षण गरिएका नमुनामा ८८ प्रतिशतमा ओमिक्रोन भेटिएको […]
पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ ९ । पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ जनाको नमुना परीक्षण गरिएको थियो । जसमध्ये १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो […]
कोरोनाविरुद्ध खोप लगाएको आधा घण्टा नबित्दै मृत्यु

कैलाली, माघ ९ । कैलालीमा कोरोनाभाइरस विरुद्धको खोप लगाएको आधा घण्टा नबित्दै एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–४ का ५३ वर्षीय लक्ष्मण डगौराको खोप लगाएको केहि मिनेटमै मृत्यु भएको हो । उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारणबारे भने खुलाइएको छैन । उनले आइतबार कैलाली […]
कर्णाली प्रतिष्ठानका ३० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखियो

जुम्ला, माघ ९ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ३० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ । प्रतिष्ठानले तेस्रो लहरको तयारीका क्रममा लक्ष्ण देखिएका व्यक्तिलाई कोरोना परीक्षण गर्ने अवस्थामा ३० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको हो । प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाकाअनुसार तेस्रो लहरमा ५२ जना व्यक्तिहरुलाई कोरोना संक्रमण भएको छ । जसमध्ये […]
प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको सचिवालयले जनाएको छ । उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिको छ । पारिवारिक स्रोतका अनुसार दाहाल तीन दिनदेखि अस्पतालमा भर्ना भएकी छन् । उनमा निमोनियासमेत देखिएको […]

