नेपालमा ५ देखि ११ वर्ष उमेर समूहलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने

काठमाडौं । नेपालमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ। सरकारले दुई महिनाभित्र सो उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी थालेको हो। उक्त उमेर समूहका बालबालिका फाइजर खोप लगाउने प्रक्रिया अगाडि बढाइसकेको स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए। स्वास्थ्य तथा जनसंख्या […]
तनहुँका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा दिइँदै

तनहुँ । तनहुँका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा दिइने भएको छ। यसअगाडी नै पहिलो मात्रा लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो। जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो। व्यास नगरपालिकाले आजदेखि २० गतेसम्म विद्यालयमै खोप अभियान सञ्चालन गर्न लागेको नगरपालिकाका […]
वैदेशिक रोजगारबाट फर्किएकामा देखियो कुष्ठरोग

झापा । झापामा वैदेशिक रोजगारीबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ। झापामा चालु आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्म पाँच जनामा कुष्ठरोग देखिएको हो। नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, दमक र बिर्तामोड नगरपालिकामा एकरएक जना कुष्ठरोगी फेला परेको जानकारी दिए। उनीहरुको रोग पहिचानपछि उपचार सुरु भइसकेको छ। यसबाट वैदेशिक रोजगारीबाट […]
३,५४० जना संक्रमित थपिए, ३२ जनाको मृत्यु

काठमाडौं, माघ १६ । पछिल्लो २४ घण्टामा देशभर थप तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार १४५ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको […]
आज मात्र ४९०४ जना कोरोना संक्रमण पुष्टि

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा कोरोनाका कारण ६ जनाको मृत्यु पनि […]
पछिल्लो २४ घण्टामा थप ६८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु

काठमाडौ । पछिल्लो २४ घण्टामा थप ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि […]
कानुनमन्त्री बडूलाई कोरोना सङ्क्रमण

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना सङ्क्रमण भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले हिजो बुधबार पीसीआर परीक्षण गराएका थिए । पीसीआर परीक्षण गर्दा उनलाई कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालले जानकारी दिए। मन्त्री बडूको स्वास्थ्य अवस्था सामान्य रहेको र अब केही दिन आइसोलेसनमा रहने उनले जानकारी दिए।
पछिल्लो २४ घण्टामा देशभर ८०१७ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ८०८ जनाको नमुना परीक्षण गरिएको थियो । यस्तै सोही अवधिमा देशभर कोरोनाभाइरसबाट १५ जनाको संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाको कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ६८७ जना पुगेको मन्त्रालयले जनाएको छ […]
भेरी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

राँझा, माघ १३ गते । नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार मधुवन नगरपालिका वडा नं ६ […]
आज मात्रै ८ हजार ४५४ जनामा कोरोना पुष्टि

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि भएको छ । सोही अवधिमा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर २० हजार ३५९ जनाको नमुना परीक्षण भएकामा ८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमित ९० हजार […]

