४ ठाउँमा ‘वाटर एटीएम’ राख्ने सुन्दरहरैंचाका सेवक खत्री को हुन् ?

योगेन्द्र योगी सुन्दरहरैंचा (मोरङ) : गर्मीको समयलाई मध्यनजर गर्दै मोरङको सुन्दरहरैंचा –३, गछियामा आश्रय सुधार तथा उपचार केन्द्रका कार्यक्रम संयोजक तथा सामाजिक अभियन्ता सेवक खत्रीले इटहरीको तरहरा,सुन्दरहरैंचाको मुख्य केन्द्र बिराटचोक,गोठगाउँ चोक र गछिया चोकमा गरी ४ ठाउँमा निःशुल्क पिउने पानी तथा ‘वाटर एटीएम’ सेवा सुरु गरेका छन्। गर्मीको समयमा सर्वसाधारणलाई हिडडुल गर्दा पिउने पानीको समस्या […]
💠 जीवनरक्षाका लागि सहयोगको हार्दिक अपिल 💠

सुर्योदय नगरपालिका–६, उत्तरे (तारगाउँ) निवासी ७२ वर्षीय इन्द्र बहादुर राई, जो रोमन राईका पिता हुनुहुन्छ, हाल गम्भीर फोक्सो रोगका कारण बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचाररत हुनुहुन्छ। चिकित्सकहरूका अनुसार, उहाँको रोग जटिल बन्दै गएको छ र तत्काल उपचार निरन्तर रुपमा आवश्यक छ। तर, दुर्भाग्यवश उहाँको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण आवश्यक उपचार खर्च जुटाउन अत्यन्त […]
स्वास्थ्य केन्द्रलाई सामाग्री हस्तान्तरण

सुन्दरहरैचा(मोरङ) : रोटरी क्लव अफ इटहरीले मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ नेवार टोलमा रहेको गणेश लिला आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई रेफ्रिजेरेटर १ ,वेट मेसिन २ र १ थान स्ट्यान्ड फ्यान हस्तान्तरण गरेको छ। रोटरी क्लव अफ इटहरी सस्थाको तर्फबाट आजीवन सदस्य राजेश श्रेष्ठ,सचिव महेन्द्र रेग्मी लगायतको उपस्थितिमा गणेश लिला आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख […]
चिकित्सकले दिए सुझाव डेंगु लाग्दैमा नआत्तिन आग्रह

कास्की / चिकित्सकहरुले डेंगु सङ्क्रमण हुँदैमा नआत्तिन आग्रह गरेका छन् । अधिकांश सङ्क्रमित सामान्य उपचार र हेरचाहबाट निको हुने भन्दै उनीहरूले दीर्घरोगी, गर्भवती र बालबालिकामा सङ्क्रमण जटिल बन्नसक्ने औँल्याए धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेंगु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिएमा भने चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने […]
पानी सय रुपियाँमा एक बोतल

कास्की/ तोकिएको अधिकतम खुद्रा मूल्य रु २० को पानीको बोतल रु एक सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई रु दुई लाख जरिवाना गरेको छ । पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही उक्त रेस्टुरेन्टलाई गरिएको कास्कीका सहायक प्रमुख […]
सेवन तथा मादक पदार्थ छाड्नेलाई नगदसहित सम्मान

खोटाङ/ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको होराखास्थित ‘तीन टोलिया कृषि सहकारी संस्था’ले मादक पदार्थ सेवन गर्न छाड्ने सदस्यहरुलाई सम्मान गरेको छ । सहकारीमा आबद्ध सदस्यहरूमध्ये मादक पदार्थ सेवन गर्न छाड्ने गङ्गाबहादुर श्रेष्ठ, निरबहादुर दाहाल र मौलबहादुर राईलाई जनही नगद रु पाँच हजार पाँच सयका साथमा प्रमाणपत्रसहित सम्मान गरेको हो । अत्यधिक मात्रामा मापसे गर्नाले समाजमा […]
निःशुल्क बालबालिकाको आँखा परीक्षण गरिने

काठमाडौँ/ नेपाल नेत्रज्योति संघले विश्व दृष्टि दिवसका अवसरमा यही असोज २३ गते बुधबार बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ । संघअन्तर्गत देशभर सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रमा विश्वदृष्टि दिवसका अवसरमा बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्न लागिएको हो । संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार यो वर्षको विश्व दृष्टि दिवसमा विश्व स्वास्थ्य सङ्गठन […]
जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या

त्रिवेणी/ बर्दघाट सुस्तापूर्व नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताल पन्ध्र शय्यामा सीमित रहँदा बिरामीको चाप धान्न समस्या भएको छ । विसं २०७५ मा सामुदायिक रूपमा सञ्चालित अस्पताललाई गण्डकी प्रदेश सरकारले १५ शय्याको जिल्ला अस्पताल कायम गरेको थियो । त्यसयता अस्पतालमा बिरामीको चाप निकै बढेको छ तर अस्पतालको स्तरोन्नति नहुँदा सेवा दिन समस्या हुने गरेको अस्पतालका […]
मन्त्री यादव,,गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँ

काठमाडौँ/ खानेपानी मन्त्री प्रदीप यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले नियमित अनुगमन, मर्मतसम्भार र सुधारका कार्यलाई तीव्रता दिएको बताएका छन् । आज बाराको जितपुरसिमरा उपमहानगरपालिकामा आयोजित ‘सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति’को २२ औँ वार्षिक साधारणसभामा उनले मधेस प्रदेशका विभिन्न क्षेत्रमा पानीको समस्या देखिएको र त्यसको दीर्घकालीन समाधानमा मन्त्रालय जुटेको […]
पोखरामा, एक महिनामा ६ गुणाले वृद्धि, डेंगु सङ्क्रमण रोकिएन

कास्की/ कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण ६ गुणाले बढेको छ । भदौ पहिलो साता डेङ्गी सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकोमा महिनादिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो । महानगरको स्वास्थ्य महाशाखाका अनुसार सङ्क्रमितको उक्त कुल सङ्ख्या गत पुसयताको हो । महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले सङ्क्रमितको सङ्ख्या ३१ […]

