गम्भीर स्वास्थ्य अवस्थामा रहेका गर्भवती महिलाहरूलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार, अस्पतालमा सुरक्षित प्रवेश

माइजोगमाइ–५ र सन्दकपुर–१, इलाम / झापा – प्राकृतिक चुनौती र दुर्गम भूभागको कारण स्वास्थ्य संकटमा परेका गर्भवती महिलाहरूलाई नेपाली सेनाको सक्रिय प्रयासबाट उद्धार गरी अस्पताल पुर्याइएको छ। इलामको माइजोगमाइ–५ मा रहेका गर्भवती बिद्ध्या राई र उनका श्रीमान् रामकुमार राईलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। उद्धारपछि उनीहरूलाई झापाको बिएनसी अस्पतालमा सुरक्षित रूपले पुर्याइयो। त्यसैगरी, सन्दकपुर–१ […]
भैरहवास्थित रण अम्बिका शाह आँखा अस्पतालबाट ५ वर्षमा १५ लाख बिरामीलाई सेवा

भैरहवा । लुम्बिनी प्रदेशको भैरहवामा अवस्थित श्री रण अम्बिका शाह आँखा अस्पतालले पछिल्लो पाँच वर्षको अवधिमा करिब १५ लाख बिरामीलाई आँखा उपचार सेवा प्रदान गरेको जनाएको छ। आँखा स्वास्थ्य सेवामा क्षेत्रीयस्तरमै अग्रणी मानिने यस अस्पतालले आधुनिक उपकरण र विशेषज्ञ चिकित्सकको सहयोगमा लाखौं बिरामीलाई उपचार सुविधा उपलब्ध गराउँदै आएको हो। मोतियाबिन्दु शल्यक्रियामा ठूलो उपलब्धि अस्पतालका तथ्यांकअनुसार […]
नुन स्वास्थ्यका लागि अनिवार्य, कमी हुँदा गम्भीर समस्या हुनसक्ने चेतावनी

काठमाडौं । हाम्रो दैनिक जीवनमा प्रयोग हुने नुन (सोडियम क्लोराइड) केवल खाना स्वादिलो बनाउनका लागि मात्र होइन, शरीरको स्वास्थ्य सन्तुलन कायम राख्न पनि आवश्यक हुन्छ। स्वास्थ्य विज्ञका अनुसार नुनको मात्रा अत्यधिक वा न्यून दुबै अवस्थामा समस्या निम्त्याउँछ। विशेषगरी लामो समयसम्म नुन नखाएमा शरीरमा गम्भीर असर पर्न सक्ने तथ्य फेला परेको छ। नुन नखाउँदा के हुन्छ? […]
चीनमा वैज्ञानिकद्वारा हड्डी छिट्टै जोड्ने नयाँ जैविक ग्लु विकास

काठमाडौं । चीनका वैज्ञानिकहरूले हड्डीको उपचारमा क्रान्ति ल्याउन सक्ने एक अद्वितीय आविष्कार सफलतापूर्वक विकास गरेका छन्। ‘बोन–०२ (Bone-02)’ नाम दिइएको यो नयाँ जैविक ग्लुले हड्डी टुक्रिएको अवस्थामा केही मिनेटमै जोड्न सक्ने क्षमता देखाएको छ। समुद्री जीवबाट प्रेरणा वैज्ञानिक टोलीका अनुसार यस जैविक ग्लुको प्रेरणा समुद्री जीवहरूको प्राकृतिक टाँसिने क्षमताबाट लिइएको हो। समुद्री जीवहरू चट्टान वा […]
फिक्कल बजारमा सूर्योदय नगरपालिकाको कडाइ : म्याद गुज्रिएका सामान जफत, उपभोक्ता खुशी

इलाम । दशैं–तिहार नजिकिँदै गर्दा सूर्योदय नगरपालिकाले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै फिक्कल बजारमा कडाइका साथ अनुगमन गरेको छ। नगरपालिकाले विशेषगरी खाद्य सामग्री, किराना तथा उपभोग्य वस्तुमा म्याद गुज्रिएका सामान, गुणस्तरीय परीक्षण नभएका उत्पादन र अवैध रुपमा भित्र्याइएका सामग्री बिक्री भइरहेको सूचनाका आधारमा छड्के निरीक्षण गरेको हो। अनुगमनका क्रममा म्याद नाघेका विभिन्न खाद्य सामग्री, […]
अध्यक्ष चम्लागाईले भेटे जेनजी आन्दोलनका क्रममा घाइते भएका ढकाल

सुन्दरहरैंचा (मोरङ) : जेनजी आन्दोलनका क्रममा घाइते भएका मोरङ बूढीगंगाका सन्तनु ढकाललाई भेट्न स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चम्लागाई विराट टिचिङ हस्पिटल पुगेका छन्। घाइते ढकाललाई भेटेपछि अध्यक्ष चम्लागाईले भनेका छन् ‘ देशमा मौलाएको बेतिथि र भ्रष्टाचार बिरुद्ध युवा पुस्ताले गरेको आन्दोलनमा राज्यद्वारा चलाईएको गोली लगेर घाईते भएका ढकाल हाल उपचाररत अवस्थामा रहेको […]
देउवाको गर्दनको चोटका लागि टाँका काटिने तयारी, पार्टी बैठकको समय अनिश्चित

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्दनमा लागेको चोटका कारण लगाइएको टाँका चार दिनपछि काटिने तयारी भएको छ। भदौ २४ गते बुढानीलकण्ठमा आयोजित प्रदर्शनको क्रममा देउवा दम्पतीमाथि भएको कुटपिटका क्रममा उनको गर्दनमा चोट लागेको थियो। पार्टी स्रोतका अनुसार, देउवाको स्वास्थ्य अवस्था सामान्य भए पनि चिकित्सकको सल्लाहअनुसार टाँका हटाउन केही दिन पर्खनु पर्ने थियो। आगामी चार […]
स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नाम काटियो, चार मन्त्रीको शपथ निश्चित

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नाम प्रधानमन्त्री सुशीला कार्कीले हटाएकी छन्। आइतबार साँझ डा. मिश्रालाई मन्त्री सिफारिस गरेकी प्रधानमन्त्री कार्कीले विवादास्पद विगत सार्वजनिक भएपछि राष्ट्रपति कार्यालय शीतल निवासमा पठाएको मन्त्री नियुक्ति सिफारिसको फाइल फिर्ता मगाएकी थिइन्। राष्ट्रपति कार्यालयका स्रोतका अनुसार, सोमबार बिहान ७ बजे मन्त्री नियुक्तिका लागि सिफारिस गरिएको […]
कालिमाटी बजारले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

काठमाडौं । राजधानीको प्रमुख थोक बजार मानिने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ। समितिले दैनिक माग र आपूर्तिको आधारमा मूल्य निर्धारण गर्ने गरेको छ। आज सार्वजनिक गरिएको मूल्य सूचीमा तरकारीका आधारभूत वस्तुहरू जस्तै आलु, गोलभेडा, प्याज, फूलकोबी, बन्दाकोबी, काँक्रो, भिन्डी, मुला लगायत […]
इलाम बजारमा भारतीय अवैध रक्सी र म्याद गुज्रिएका खाद्य वस्तु बिक्री: नगरपालिका अनुगमनमा खुलासा

इलाम – बजार अनुगमनले खुलेआम अवैध भारतीय रक्सी र म्याद गुज्रिएका खाद्य वस्तुहरू बिक्री भइरहेको पुष्टि गरेको छ। भदौ २२ र २३ गते इलाम नगरपालिका र सम्बन्धित निकायको नेतृत्वमा गरिएको अनुगमनका क्रममा स्थानीय बजारमा रहेका पसलहरूमा अचानक छापा मारिएको थियो। अनुगमनको क्रममा २२ वटा पसलमा निरीक्षण गरिएको थियो। प्रहरीले विभिन्न अवैध तथा म्याद गुज्रिएका सामग्री […]
