स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरूलाई बक्यौता रकम भुक्तानी, आगामी महिना भित्र बाँकी रकम पनि दिने तयारी

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमित व्यक्तिहरूको उपचार सेवाका बक्यौता रकम अस्पतालहरूलाई भुक्तानी गरेको छ। बोर्डले अस्पतालहरूले उपलब्ध गराएका कागजातहरूको पुनरावलोकन गरी चालु आर्थिक वर्षको चैत महिनासम्मको बक्यौता रकम तिरेको जनाएको छ। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि बाँकी रहँदै आएका सबै अस्पतालका भुक्तानीहरू हालैका दिनमा पूरा गरिएको […]
भैरहवा मेडिकल कलेजका नर्सिङ कर्मचारीको आन्दोलन जारी, तलब र सुविधाको माग

भैरहवा । भैरहवा मेडिकल कलेजका नर्सिङ कर्मचारीहरूले नेपाल सरकारले तोकेको तलब र सुविधाको कार्यान्वयनको माग गर्दै आन्दोलन सुरु गरेका छन्। लामो समयदेखि प्रशासन र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नहुँदा उनीहरू सडक आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनमा रहेका नर्सिङ स्टाफहरूले सरकारद्वारा तोकिएको तलब, भत्ता, करार नियुक्ति, स्थायी दरबन्दी र अनुभव प्रमाणपत्र उपलब्ध गराउन माग […]
कतारस्थित सद्भाव युवा समूहद्वारा देउमाई र माङसेबुङका प्रकोप पीडितलाई राहत सहयोग

इलाम । इलाम जिल्लाका देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकामा हालैका प्राकृतिक प्रकोपका कारण प्रभावित परिवारलाई कतारस्थित सद्भाव युवा समूह, दोहाले आर्थिक राहत सहयोग गरेको छ। समूहले दुबै स्थानीय तहका १९ घरपरिवारलाई कुल एक लाख १५ हजार रुपैयाँ बराबरको नगद सहयोग उपलब्ध गराएको हो। सोमबार आयोजित एक सादा समारोहका बीच उक्त सहयोग वितरण गरिएको हो। कार्यक्रममार्फत […]
मलेसियाबाट इलामका प्रकोप प्रभावितलाई राहत वितरण

इलाम । हालैका मनसुन वर्षा र पहिरोबाट प्रभावित इलामका स्थानीय बासिन्दाहरूलाई मलेसियामा रहेका प्रवासी नेपालीहरूले राहत सहयोग गरेका छन्। मलेसियास्थित गैर आवसीय नेपाली संघ (एनआरएनए) मलेसिया, बिजनेस सोसाइटी मलेसिया, र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले संयुक्त रूपमा प्रभावित क्षेत्रका परिवारहरूलाई नगद राहत उपलब्ध गराएका हुन्। राहत वितरण अन्तर्गत, माङसेबुङ गाउँपालिकाका पहिरोबाट मृत्यु भएका एक परिवारसहित […]
मुस्ताङको स्याउ व्यवसायमा नयाँ उचाइ : एक अर्ब १० करोडभन्दा बढीको स्याउ बिक्री

काठमाडौँ । नेपालकै प्रसिद्ध स्याउ उत्पादन क्षेत्र मुस्ताङमा यस वर्ष स्याउको उत्पादन र कारोबार दुवैमा उल्लेखनीय वृद्धि भएको छ। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार चालू आर्थिक वर्षमा जिल्लाबाट करिब एक अर्ब १० करोड २३ लाख ७० हजार रुपैयाँ बराबरको स्याउ बिक्री भएको छ। गतवर्षको तुलनामा यो वर्ष करिब १० करोड रुपैयाँ बढी मूल्यको स्याउ बिक्री […]
इलाममा धारामा पानी छैन, बिलचाहिँ नियमित! — उपभोक्ता आक्रोशित

इलाम । इलाम बजार क्षेत्रमा लामो समयदेखि खानेपानीको गम्भीर समस्या देखिएको छ। केही दिनयता धारामा पानी नआएपछि स्थानीय उपभोक्ताहरू आक्रोशित बनेका छन्। करोडौं रकम खर्चिएर निर्माण गरिएको खानेपानी आयोजना गुणस्तरहीन र अव्यवस्थित भएको भन्दै उपभोक्ताले कडा आलोचना गरेका छन्। करिब ५४ करोड रुपैयाँ लगानीमा तयार गरिएको उक्त आयोजना सुरुदेखिनै अनियमितता र व्यवस्थापनहीनताका कारण विवादमा परेको […]
माङ्सेबुङमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा विपद् व्यवस्थापनबारे विशेष निरीक्षण र अन्तरक्रिया

इलाम । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको नेतृत्वमा जिल्ला सुरक्षा संयन्त्रको टोलीले माङ्सेबुङ गाउँपालिका–१ गजुरमुखीस्थित विपद् प्रभावित क्षेत्रको शुक्रबार स्थलगत निरीक्षण गरेको छ। निरीक्षणका क्रममा टोलीले विपद्का कारण विस्थापित भएका परिवारसँग प्रत्यक्ष संवाद गर्दै पुनर्स्थापना र राहत कार्यमा भइरहेको प्रगति बारे जानकारी लिएको थियो। प्रभावित परिवारको अवस्था बुझ्दै प्रमुख जिल्ला अधिकारी नेपालले स्थानीय तह, समुदाय […]
इलामको सोयाक निन्दाखुबाट गर्भवती महिलाको सफल उद्धार

विपद्को बीचमा समयमै उद्धार, आमा र शिशु दुवैको अवस्था सुरक्षित इलाम । अविरल वर्षा र प्राकृतिक विपदका बीच इलाम नगरपालिका–११ सोयाक निन्दाखुबाट एक गर्भवती महिलाको सफल उद्धार गरिएको छ । स्थानीय स्तरमा समन्वय र सहकार्यका कारण २७ वर्षीया अस्मिता राईको ज्यान सुरक्षित गर्न सम्भव भएको हो । शुक्रबार राति स्वास्थ्य समस्या गम्भीर बन्दै गएपछि स्थानीयबासीले […]
फिक्कलमा अविरल वर्षापछि स्थानीय संघ–संस्थाद्वारा राहत सामग्री वितरण

इलाम । अविरल वर्षाले सूर्योदय नगर प्रभावित इलाम :।: असोज १८ गते राति परेको लगातार वर्षाले सूर्योदय नगरपालिकाका धेरै बासिन्दा प्रभावित भएका छन्। यस प्राकृतिक विपद्का कारण मानवीय र भौतिक क्षति भएको बताइएको छ। प्रभावित परिवारको राहतका लागि स्थानीय संघ–संस्थाहरूले सक्रिय भूमिका खेलेका छन्। स्थानीय संघ–संस्थाद्वारा राहत हस्तान्तरण स्थानीय संघ–संस्थाहरूले नगरपालिकालाई राहत सामग्री हस्तान्तरण गर्दै […]
जेनजी आन्दोलन: ३० घाइते अझै १२ अस्पतालमा उपचाररत, ४९ जनाको मृत्यु

काठमाडौं, नेपाल। देशभर भइरहेको जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार अझै १२ वटा अस्पतालमा भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार, आन्दोलनका क्रममा २ हजार ३९६ जना घाइते भएका थिए, जसमा २ हजार २३७ जना उपचारपछि घर फर्किसकेका छन्। तर आन्दोलनको हिंसात्मक अवस्था र सडकमा भएको भिडन्तका कारण ४९ जनाको ज्यान […]
