खेतका गह्राबाट सुरु भएको यात्रा, आफ्नै मैदानसम्म आइपुग्यो टारी गोल्डकप

इलाम । इलाम जिल्लाको सन्दकपुर गाउँपालिका–३, सुलुबुङका युवाहरूका लागि फुटबल केवल खेल मात्र होइन, एकता, संघर्ष र सपनाको प्रतीक बनेको छ । कहिले खेतका ठूला गह्रामा, कहिले बारी र चौरमा खेल्दै आएका यहाँका युवाहरूले आज आफ्नै खेलमैदान निर्माण गरेर टारी गोल्डकपलाई नयाँ उचाइमा पुर्‍याएका छन् । हिउँद लाग्नेबित्तिकै “यसपालि कहाँ खेल्ने ?” भन्ने प्रश्न सुलुबुङका […]

विपद् पार गर्दै इलाममा पुनः खेलकुदको चहलपहल बढ्दै

इलाम । विपद् संकटग्रस्त जिल्ला घोषणा भएको इलाममा केही समयदेखि ठप्पजस्तै बनेका खेलकुद गतिविधि पुनः सक्रिय हुन थालेका छन्। गत अशोज १८ गते अविरल वर्षाका कारण आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति पुर्‍याएपछि जिल्लाभरका खेलकुद कार्यक्रम स्थगित भएका थिए। तर अहिले अवस्था क्रमशः सामान्य बन्दै जाँदा खेलकुद क्षेत्रले पनि पुनर्जीवन पाउन थालेको छ। इलामलाई […]

रेडपान्डा म्याराथन सम्पन्न : महिलातर्फ निर्मला राई, स्थानीय पुरुषतर्फ राजन मेन्याङ्बो प्रथम

सन्दकपुर (इलाम) । ४४ दशमलव २ किलोमिटर दूरीको रेडपान्डा म्याराथनमा महिलातर्फ खोटाङकी निर्मला राई प्रथम भएकी छन्। उनले ५ घन्टा ४० मिनेट ३६ सेकेन्डमा निर्धारित दूरी पार गर्दै उपाधिसहित नगद एक लाख पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। महिलातर्फकै प्रतिस्पर्धामा सुनसरीकी रोकाया दोस्रो भइन्। उनले ५ घन्टा ४० मिनेट ३९ सेकेन्डमा दूरी पूरा गर्दै एक […]

एनपिएल क्रिकेटमा सट्टेबाजी काण्ड : १० जना पक्राउ, करोडौँ बराबरको अवैध कारोबार खुलासा

त्रिवि क्रिकेट मैदानमा जारी रहेको नेपाल प्रिमियर लिग (एनपिएल) को बीचमा ठूलो सट्टेबाजी काण्ड बाहिरिएको छ। खेल चलिरहेको अवस्थामा नै अवैध ऑनलाइन सट्टेबाजी तथा सम्भावित म्याच फिक्सिङ गतिविधिमा संलग्न भएको आरोपमा १० जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये ९ जना भारतीय नागरिक र १ जना नेपाली रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ […]

एन्फाले राष्ट्रिय लिग तथा ‘ए’ डिभिजन लिगबारे विस्तृत छलफल सुरु

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबलको संरचना तथा प्रतियोगितालाई व्यवस्थित गर्न राष्ट्रिय लिग र सहिद स्मारक ‘ए’ डिभिजन लिगबारे औपचारिक छलफल प्रक्रिया सुरु गरेको छ। एन्फाले सुरु गरेको छलफलमा ‘ए’ डिभिजन लिगका क्लब, प्रतिनिधि तथा खेलाडीहरू सक्रिय रूपमा सहभागी भएका छन्। आगामी सिजनको तयारी, प्रतियोगिताको ढाँचा, समय तालिका तथा व्यवस्थापन–सम्बन्धी विषयमा व्यापक परामर्श […]

एनपीएल दोस्रो संस्करण आजदेखि सुरु, उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज भिड्दै

काठमाडौं। – नेपाली क्रिकेटको सबैभन्दा प्रतिष्ठित फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को दोश्रो संस्करण आज (मंसिर १) बाट सुरु हुँदैछ। उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज भिड्ने भएका छन्। यी दुई टोलीबीच यो दोस्रो भेट हो। पहिलो संस्करणको लिग चरणमा जनकपुर बोल्ट्सले काठमाण्डु गोर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो। सो संस्करणमा […]

नेपालले भारतविरुद्ध मैत्रीपूर्ण खेलमा जित

काठमाडौँ — नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतविरुद्धको मैत्रीपूर्ण खेलमा पेनाल्टी सुटआउटमा शानदार जित गरेको छ। बुधबार सिक्किमको पाल्जोर रंगशालामा सम्पन्न खेल ९० मिनेटको नियमित समय १–१ को बराबरीमा सकिएको थियो। विजेताको टुङ्गो पेनाल्टी सुटआउटबाट तय भएको हो। पेनाल्टी सुटआउटमा नेपालका लागि सविता रानामगर, रश्मीकुमारी घिसिङ र निशा थोकरले गोल गर्न सफल भए। यसक्रममा अनिता […]

सावित्राको गोलमा भारतविरुद्ध नेपालको पहिलो हाफमा अग्रता

काठमाडौँ — त्रिकोणात्मक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले भारतविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्दै पहिलो हाफमै अग्रता लिएको छ। सोमबार साँझ शिलाङस्थित जवाहरलाल नेहरू रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदासम्म नेपालले भारतलाई १–० गोलले अग्रता बनाएको हो। नेपालका लागि फरवार्ड **सावित्रा भण्डारी (साम्पा)**ले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाएकी हुन्। सावित्राको गोलपछि नेपाली टोली आत्मविश्वासका साथ खेलमा […]

फाकफोकथुममा पहिलो राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता सम्पन्न, अध्यक्ष खनालले दिए खेलाडीलाई प्रेरणादायी सन्देश

इलाम, फाकफोकथुम । इलाम जिल्लाको फाकफोकथुम गाउँपालिकामा पहिलो पटक राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता “First Phakphokthum Open Nationwide Classical Rating Chess Tournament – 2082” भव्य रूपमा सम्पन्न भएको छ। फाकफोकथुम बुद्धिचाल संघको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आएका ५० भन्दा बढी प्रतिस्पर्धीहरूले भाग लिएका थिए। मेयर खनालको प्रेरणादायी भनाइ कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि […]

प्रथम चिबुवा कप फुटबल प्रतियोगिता : पीएफसी महमाई र आयोजक ‘ए’ विजयी

इलाम – माङसेबुङ गाउँपालिका–३ चिबुवामा जारी प्रथम संस्करणको चिबुवा कप फुटबल प्रतियोगितामा पीएफसी महमाई र आयोजक टोली ‘ए’ विजयी भएका छन्। शुक्रबार सम्पन्न पहिलो खेलमा पीएफसी महमाईले बोझोला एफसीलाई ४–१ को गोल अन्तरले पराजित गरेको हो। पीएफसीको जितमा उदिप लिम्बूले दुई गोल गर्नुका साथै सुमन लिम्बू र जिसन लिम्बूले एक–एक गोल थपेका थिए। दोस्रो खेलमा […]