मिक्लाजुङमा १६औँ राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता औपचारिक रूपमा सुरु

पाँचथर, माघ १५ । पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिकामा विद्यालयस्तरीय खेलकुद गतिविधिलाई थप सक्रिय बनाउने उद्देश्यसहित १६औँ राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता बुधबारदेखि सुरु भएको छ। साथै यस प्रतियोगितालाई गाउँपालिकास्तरीय सातौँ मिक्लाजुङ विद्यालय रनिङ सिल्डका रूपमा पनि आयोजना गरिएको छ। प्रतियोगिताको उद्घाटन मिक्लाजुङ गाउँपालिका–४ रविमा रहेको दुर्गा माध्यमिक विद्यालयको खेलमैदानमा भव्य कार्यक्रमबीच गरिएको हो। प्रतियोगितामा गाउँपालिकाभित्र […]
एफसीलाई सिरिजंगा स्मृति फुटबलको उपाधि, ट्राइबेकरमा आयोजक पराजित

फाकफोकथुम गाउँपालिका–३ स्थित आमचोकमा सम्पन्न ‘एफसी चौथो संस्करण सिरिजंगा स्मृति खुला फुटबल प्रतियोगिता’को उपाधि आमचोक एफसीले जितेको छ। रातमाटेमा अवस्थित सिरिजंगा स्मृति खेलमैदानमा पौष २९ गतेदेखि सुरु भएको प्रतियोगिता शुक्रबार भव्य रूपमा सम्पन्न भएको हो। खुला ९–ए–साइड नकआउट ढाँचामा सञ्चालन गरिएको पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल अत्यन्तै प्रतिस्पर्धात्मक बनेको थियो। निर्धारित समयमा आमचोक एफसी र […]
झापा गोल्डकप ७औं संस्करणका लागि नयाँ सदस्यता संख्या १०० नाघ्यो

बिर्तामोड । झापाको प्रसिद्ध अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता झापा गोल्डकप को सातौँ संस्करणका लागि नयाँ सदस्यता लिनेहरूको संख्या एक सय नाघेको छ। प्रतियोगिताका अध्यक्ष केदार गिरीले जानकारी दिनु भयो कि निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना हुन लागेको यस संस्करणका लागि उत्साहजनक सहभागिता देखिएको छ। सातौँ झापा गोल्डकप यही माघ २४ गते बिर्तामोडस्थित डोमालाल […]
टारी गोल्डकपले बढायो चहलपहल, फुटबलप्रेमीले भरिए स्थानीयका घर–आँगन

इलाम। इलामको सन्दकपुर गाउँपालिका–३, टारी यतिबेला फुटबलमय बनेको छ। माघे संक्रान्तिको अवसर पारेर आयोजना भइरहेको टारी गोल्डकपका कारण गाउँमा स्थानीय मात्र होइन, छिमेकी पालिका र जिल्लाबाट समेत फुटबलप्रेमी पाहुनाको आवागमन बढेको छ। यसले गाउँको जनजीवनमा विशेष रौनक थपिएको छ। झापाको बुधबारेकी विमला नेपाल केही दिनका लागि आफन्त भेट्न टारी आइपुगिन्। सामान्यतया एक–दुई दिन मात्र बस्ने […]
सातौँ सुनाखरी गोल्डकप–२०८२ सुरु, लट्टेबारी र रानीटारको प्रभावशाली जित

इलाम राँके। सातौँ संस्करणको सुनाखरी गोल्डकप–२०८२ को पहिलो दिन दुई प्रतिस्पर्धात्मक खेल सम्पन्न भएका छन्, जसमा लट्टेबारी एफसी र रानीटार एफसीले आ–आफ्नो खेलमा जित निकाल्दै प्रतियोगिताको क्वार्टरफाइनल चरणमा स्थान सुरक्षित गरेका छन्। उद्घाटन खेलमा लट्टेबारी एफसीले फाल्गुनन्द ग्रीनपिसमाथि ५–० को फराकिलो जित दर्ता गर्दै दर्शकको ध्यान तानेको थियो। खेलको सुरुदेखि नै आक्रामक देखिएको लट्टेबारीका कप्तान […]
माङसेबुङ गाउँपालिकाको १६औँ राष्ट्रपति रनिङ शिल्ड सफलतापूर्वक सम्पन्न

इलाम माङसेबुङ । माङसेबुङ गाउँपालिका स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। माङसेबुङ गाउँपालिकाको आयोजना तथा माङसेबुङ–३ स्थित दुर्गा माध्यमिक विद्यालयको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिता तीन दिनसम्म पुष २४, २५ र २६ गते सम्पन्न भएको हो। विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउने, प्रतिभा पहिचान गर्ने र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्ने उद्देश्यसहित आयोजना […]
टारी गोल्डकपमा खेलाडी र अम्पायरको दुर्घटना बिमा, सुरक्षित खेलप्रति आयोजकको पहल

इलाम। इलाम जिल्लाको सन्दकपुर गाउँपालिका–३ टारीमा आयोजना हुने टारी गोल्डकप फुटबल प्रतियोगिताका खेलाडी तथा अम्पायरलाई दुर्घटना बिमाको व्यवस्था गरिएको छ। ग्रामीण क्षेत्रमा खेलकुद प्रतियोगिता आयोजना गर्दा आर्थिक चुनौती रहने अवस्थाबीच पनि टारी फुटबल क्लबले खेलाडीको सुरक्षा प्राथमिकतामा राख्दै यो कदम चालेको हो। आयोजकका अनुसार प्रतियोगिताको अवधिमा कुनै अप्रिय दुर्घटना भएमा खेलाडी तथा अम्पायरले अधिकतम एक […]
खेतका गह्राबाट सुरु भएको यात्रा, आफ्नै मैदानसम्म आइपुग्यो टारी गोल्डकप

इलाम । इलाम जिल्लाको सन्दकपुर गाउँपालिका–३, सुलुबुङका युवाहरूका लागि फुटबल केवल खेल मात्र होइन, एकता, संघर्ष र सपनाको प्रतीक बनेको छ । कहिले खेतका ठूला गह्रामा, कहिले बारी र चौरमा खेल्दै आएका यहाँका युवाहरूले आज आफ्नै खेलमैदान निर्माण गरेर टारी गोल्डकपलाई नयाँ उचाइमा पुर्याएका छन् । हिउँद लाग्नेबित्तिकै “यसपालि कहाँ खेल्ने ?” भन्ने प्रश्न सुलुबुङका […]
विपद् पार गर्दै इलाममा पुनः खेलकुदको चहलपहल बढ्दै

इलाम । विपद् संकटग्रस्त जिल्ला घोषणा भएको इलाममा केही समयदेखि ठप्पजस्तै बनेका खेलकुद गतिविधि पुनः सक्रिय हुन थालेका छन्। गत अशोज १८ गते अविरल वर्षाका कारण आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति पुर्याएपछि जिल्लाभरका खेलकुद कार्यक्रम स्थगित भएका थिए। तर अहिले अवस्था क्रमशः सामान्य बन्दै जाँदा खेलकुद क्षेत्रले पनि पुनर्जीवन पाउन थालेको छ। इलामलाई […]
रेडपान्डा म्याराथन सम्पन्न : महिलातर्फ निर्मला राई, स्थानीय पुरुषतर्फ राजन मेन्याङ्बो प्रथम

सन्दकपुर (इलाम) । ४४ दशमलव २ किलोमिटर दूरीको रेडपान्डा म्याराथनमा महिलातर्फ खोटाङकी निर्मला राई प्रथम भएकी छन्। उनले ५ घन्टा ४० मिनेट ३६ सेकेन्डमा निर्धारित दूरी पार गर्दै उपाधिसहित नगद एक लाख पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। महिलातर्फकै प्रतिस्पर्धामा सुनसरीकी रोकाया दोस्रो भइन्। उनले ५ घन्टा ४० मिनेट ३९ सेकेन्डमा दूरी पूरा गर्दै एक […]
