दशरथ रंगशालामा कुल क्षमताको एकतिहाइ मात्रै दर्शक राख्ने, खोपकार्ड अनिवार्य

काठमाडौं । माघ ७ देखि खेलकुद रंगशालामा प्रवेश गर्दा खोपकार्ड अनिवार्य गरिएको छ। रंगशालमा दर्शकसहितको खेलकुद कार्यक्रम गर्दा एकपटकमा कुल क्षमताको एकतिहाइ मात्र उपस्थित रहने गरी सरकारले ३६ बुँदे आदेश जारी गर्दै खोपकार्ड अनिवार्य गरेको हो। उपस्थित दर्शकमध्ये आयोजकको खर्चमा एक तिहाई दर्शकलाई रेण्डम छनोटको आधारमा एन्टिजेन परिक्षण गर्ने व्यवस्था मिलाउन आदेश दिइएको छ। माघ […]
लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा

काठमाडौँ, माघ ३ गते । लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा ब्रेन्टफर्डलाई ३–० गोलले हराउँदै लिभरपुल दोस्रो स्थानमा उक्लिएको हो । लिभरपुलको जितमा फाविन्हो, एलेक्स अक्सलेड चेम्वरलेन र ताकुमी मिनामिनोले गोल गर्नुभयो । एकपक्षीय खेलमा लिभरपुलले ४४औँ मिनेटमा खाता खोलेको थियो । फाविन्होले ट्रेन्ड एलेक्सान्डर […]
एम्बाप्पेको गोलसँगै पीएसजीलाई ११ अंकको अग्रता

एजेन्सी । युवा स्टार केलियन एम्बाप्पेको गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा स्टेड ब्रेस्टलाई २–० ले पराजित गरेको छ । शनिबार राति भएको खेलमा केलियन एम्बाप्पे र थिलो केहरेरको गोलसँगै १५ औं जित निकालेको पीएसजीलले शीर्षस्थानमा ११ अंकको अग्रता बनायो । खेलको ३२औं मिनेटमा विजनाल्डुमको पासमा एम्बाप्पेले टोलीलाई अग्रता दिलाए । ५३औं मिनेटमा […]
चितवन जिल्ला लिग : यात्रा र हर्दी बराबरीमा रोकिए

चितवन, १ माघ । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा बगान यात्रा ग्रुप र हर्दी युवा समाजले अंक बाँडेका छन् । आज (शनिबार) भएको पहिलो खेलमा यात्रा र हर्दीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोल गर्ने केही अवसर खेर फाले । खेलको म्यान अफ दि म्याच यात्राका रोजल […]
अब रंगशालामा फुटबल हेर्न जान खोप कार्ड अनिवार्य

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगका खेलहरु दशरथ रंगशालामा गएर हेर्ने दर्शकले अब खोप कार्ड देखाउनुपर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग कमिटीले ए डिभिजन लिगका खेल हेर्ने दर्शकको लागि कोरोना भाइरसविरुद्धको खोप लगाएको व्यक्ति हुनुपर्ने निर्णय गरेको हो । अब दर्शकले मैदान प्रवेश गर्नुअघि नै खोप कार्ड देखाउनु पर्नेछ […]
भानु नकआउट फुटबल : आयोजक टिमको विजयी सुरुवात,आजबाट दैनीक दुई खेल हुने

केबि शर्मा कावासोती । कावासोती शितल चौरमा जारी खुल्ला नक आउट प्रतियोगितामा हिजो भएको खेलमा आयोजक क्ल्ब भानु युथ एकेडेमीले सयपत्री युवा क्लब सात घरेलाई २-० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ। विजयी टिमका लागि नवीन गाहा मगर र अभिशेक महतोले एक/एक गोल गर्न सफल भएका थिए । खेल अबधिमा राम्रो प्रदर्शन गरेका अजित […]
स्पेनिस सुपर कपको फाइनलमा रियल र एथ्लेटिक भिड्ने

काठमाडौं । बिहीबार राति सम्पन्न सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई हराएपछि एथ्लेटिक बाल्बियोले स्पेनिस सुपर कपको फाइनलको यात्रा पक्का गरेको छ। किङ फहाद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा एट्लेटिको मड्रिडले निर्धारित समयको ९ मिनेटअघि गोल बेहोरेपछि एथ्लेटिकोले २-१ को जित निकालेको हो। खेलको पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा तीन गोल भए। ६२औं […]
प्रधानमन्त्री कप क्रिकेट : प्रदेश २ विरुद्ध लुम्बिनीको जित, आर्मी र प्रदेश १ ले अंक बाँडे

बुटवल । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेटअन्तर्गत मूलपानी मैदानमा बिहीबार बिहानको खेल हुन नसकेपछि समूह ए का त्रिभुवन आर्मी क्लब र प्रदेश १ ले अंक बाँडेका छन्। बुधबार राति र बिहीबार बिहान वर्षाका कारण मैदानको पिच हिलो भएपछि आर्मी र प्रदेश १ को खेल हुन सकेन। यससँगै आर्मी प्रदेश १ सँग अंक बाँड्न […]
‘ए’ डिभिजन लिग : दर्शकलाई खोप कार्ड अनिवार्य

काठमाडौँ, पुस २९ । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा नवौँ राउन्डको खेल शुक्रबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । कोरोना भाइरसको बढ्दो संक्रमणसँगै लिगमा उपस्थित दर्शकलाई पनि स्वास्थ्य सावधानीका लागि बलियो मापदण्ड तय गरिने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । लिगका निर्देशक सन्जीव मिश्रले लिगमा उपस्थित दर्शकलाई अब अनिवार्य कोरोना भाइरसविरुद्ध खोप […]
प्रधानमन्त्री कप : आज चार वटा खेल हुँदै

काठमाडौं, पुस २९ । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा आज चार वटा खेल हुँदै छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको प्रतियोगिताका दुई खेल त्रिवि क्रिकेट मैदानमा र दुई खेल मूलपानी क्रिकेट मैदानमा हुनेछन्। त्रिवि मैदानमा हुने पहिलो खेलमा आज बिहान ९ बजे कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश तथा दोस्रो खेलमा दिउँसो १ बजे […]
