विराटनगर भन्सारको राजश्व सङ्कलनमा सुधार, गत वर्षभन्दा बढी सङ्कलन

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा विराटनगर भन्सार कार्यालयले राजश्व सङ्कलनमा गत वर्षको सोही अवधिसँग तुलना गर्दा उल्लेखनीय सुधार गरेको छ। कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार श्रावण, भाद्र र आश्विन महिनामा लक्षित रकमको पूर्ण हासिल भने नगरे पनि, गत वर्षको तुलनामा राजश्व सङ्कलन रकम र प्रतिशत दुवैमा वृद्धि देखिएको छ। श्रावण: ३ अर्ब […]
आफ्नो जन्मदिनको अवसर समाजसेवी लिङदेनद्वारा बृद्धआश्रममा

इलाम —इलाम जिल्लाको देउमाइ नगरपालिका वडा : ६ का समाजसेवी तथा वडा सदस्य राजकुमार लिङदेनले आफ्नो जन्मदिनको अवसरमा इलाम–१० स्थित श्री माइ भगवती बृद्धआश्रमका सात जना वृद्धवृद्धालाई फलफूल र आवश्यक खाद्यान्न उपलब्ध गराएका छन्। उहाँले वृद्धवृद्धासँग समय बिताउँदै उनीहरूको स्वास्थ्य र सुख–शान्तिको कामना पनि गर्नुभयो। आश्रमका प्रतिनिधिहरूले यस सहयोगका लागि आभार प्रकट गरेका छन्। लिङदेनले […]
लुम्बिनी प्रदेशको पहिलो त्रैमासमा ९.३५ प्रतिशत मात्र बजेट खर्च

बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा जम्मा ९.३५ प्रतिशत मात्र बजेट खर्च गरेको पाइएको छ। प्रदेशका विभिन्न मन्त्रालयहरूले खर्चमा सुस्त गति देखाएका छन्। तीमध्ये स्वास्थ्य मन्त्रालयले सबैभन्दा बढी अर्थात् करिब ६० करोड रुपैयाँभन्दा माथि खर्च गरेको छ भने युवा तथा खेलकुद मन्त्रालयले भने पुँजीगत शीर्षकअन्तर्गत कुनै खर्च गर्न सकेको छैन। […]
तीन महिना बितिसक्दा पनि ४३ स्थानीय तहले अझै बजेट पेस गर्न सकेनन्

काठमाडौँ । आर्थिक वर्ष सुरु भएर तीन महिना बितिसक्दा पनि देशभरका ४३ स्थानीय तहहरूले अझै बजेट पेस गर्न सकेका छैनन्। संविधानले तोकेको समयसीमाभित्र बजेट प्रस्तुत नगरेका कारण ती स्थानीय निकायहरूमाथि विभिन्न तर्फबाट आलोचना भइरहेको छ। संविधान र कानुनले प्रत्येक वर्ष असार मसान्तभित्र स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट पेस गर्नुपर्ने व्यवस्था गरेको छ। तर, राजनीतिक […]
भदौ महिनामा रेमिट्यान्सको उच्च वृद्धि, दुई महिनामै ३५२ अर्ब रुपैयाँ भित्रियो

काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाउने रेमिट्यान्स (विप्रेषण) रकम यस वर्ष उल्लेखनीय रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, चालु आर्थिक वर्षका पहिलो दुई महिनामा मात्रै ३५२ अर्ब ८ करोड रुपैयाँ देशभित्र भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३.१ प्रतिशतले वृद्धि भएको हो । केवल भदौ महिनामा […]
धरान उपमहानगरको नीति तथा कार्यक्रम : शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

धरान । धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। उपमहानगरको कार्यपालिकाको बैठकपछि आयोजित नगरसभामा उपप्रमुख अइन्द्रविक्रम बेघाले कुल दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। प्राथमिकता क्षेत्रहरू यस वर्षको बजेटमा नगरको आधारभूत आवश्यकता पूरा गर्ने र दीर्घकालीन विकासलाई ध्यानमा राखिएको […]
राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकले तोकेको अनुसार अमेरिकी डलरसहित युरो, पाउण्ड, युआन, येनलगायतका मुद्राको खरिद तथा बिक्रीदर निर्धारण गरिएको छ। राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलर खरिद गर्दा १४० रुपैयाँ ८४ पैसा र बिक्री गर्दा १४१ रुपैयाँ ४४ पैसा पर्नेछ। त्यसैगरी, एक युरोपियन यूरो […]
महाराजगञ्जमा भेटिएको १५ केजी चाँदी प्रहरीलाई हस्तान्तरण

काठमाडौं – राजधानीको महाराजगञ्ज क्षेत्रमा जेनजी आन्दोलनको बीचमा भेटिएको करिब १५ केजी चाँदीको सिक्का स्थानीयहरूले प्रहरीको जिम्मा लगाएका छन्। काठमाडौँ महानगरपालिका–३, महाराजगञ्ज निवासी विकास गुरुङ सहित तीन जनाले सो चाँदी सशस्त्र प्रहरी बललाई बुझाएका हुन्। स्थानीयको सक्रियतापछि उक्त चाँदीलाई सशस्त्र प्रहरीले तत्काल जिल्ला प्रहरी परिसर, काठमाडौँमा पठाएको जनाइएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसपी […]
राष्ट्र बैंकले दसैंका लागि सुकिला नोट वितरण सुरु गर्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले दसैंको अवसरमा असोज महिनाको आइतबारदेखि सुकिला नोट वितरण सुरु गरेको छ। यसअघि राजनीतिक संक्रमणका कारण नोट वितरण हुने वा नहुनेमा अन्योल देखिएको थियो, तर निर्धारित समयमै वितरण प्रक्रिया अगाडि बढाइएको राष्ट्र बैंकले जनाएको छ। ग्राहकहरूले राष्ट्र बैंकको तोकिएका कार्यालयहरूमा गएर वा बैंक तथा अन्य वित्तीय संस्थाहरूबाट सुकिला नोट सटही गर्न सक्नेछन्। […]
वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल रु ५२ अर्ब ५८ करोड मूल्यको आयात

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल रु ५२ अर्ब ५८ करोड मूल्यको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा भटमासको कच्चा तेलको आयात ६१३ दशमलव ४१ प्रतिशत अर्थात् रु ४५ अर्ब २१ करोड बढीले आयात भएको छ । जबकी गत आवको ११ महिनामा भने रु […]

