सञ्चार क्षेत्रका समसामयिक विषयमा उच्चस्तरीय भेटघाट र छलफल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री, मन्त्रालयका सचिव र नेपाल पत्रकार महासंघका अध्यक्षसँग प्रेस काउन्सिल नेपालका अध्यक्षले औपचारिक भेटघाट गर्नुभएको छ। भेटघाटका क्रममा नेपाली सञ्चार क्षेत्रसँग सम्बन्धित विविध समसामयिक विषय, नीति तथा अभ्यासबारे गहन छलफल गरिएको छ छलफलमा पछिल्लो समय सञ्चार माध्यमले भोगिरहेका चुनौती, प्रेस स्वतन्त्रताको अवस्था, जिम्मेवार पत्रकारिताको आवश्यकता तथा डिजिटल माध्यमको प्रभावबारे […]
इलाममा अन्तर–जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न

इलाम। २०८२ साल पौष २८ गते सोमबार, इलाम जिल्लामा अन्तर–जिल्ला सुरक्षा समन्वय बैठक सफलतापूर्वक सम्पन्न भयो। बैठकमा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री लक्ष्मण ढकालको संयोजनमा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री शिवराम गेलाल र पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री बासुदेव दाहालसहित तीनै जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थिति रह्यो। बैठक सुर्योदय नगरपालिकाको सभाहलमा आयोजना […]
राष्ट्रपति पौडेलद्वारा पृथ्वी जयन्तीमा राष्ट्रनिर्माताको सालिकमा माल्यार्पण

काठमाडौँ । राष्ट्रपतिद्वारा राष्ट्रनिर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै पृथ्वी जयन्तीको अवसरमा सिंहदरबारमा आयोजित विशेष कार्यक्रममा माल्यार्पण गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अवसरमा सालिकमा माल्यार्पण गर्दै राष्ट्रनिर्माताप्रति सम्मान व्यक्त गरेका थिए। समारोहको सुरुवात नेपाली सेनाको सम्मान टुकडीद्वारा राष्ट्रपतिलाई सलामी अर्पण गरिनुबाट भएको थियो। यस अवसरमा राष्ट्रपतिसँगै उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, संघीय संसदका उच्च पदस्थ […]
पृथ्वी जयन्ती र राष्ट्रिय एकता : इतिहास, अर्थ र आजको बहस

नेपाल राष्ट्रका निर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गतेलाई पृथ्वी जयन्तीका रूपमा मनाउने परम्परा विक्रम संवत् २००४ सालदेखि सुरु भएको हो। समयक्रममा राजनीतिक परिवर्तन र शासन व्यवस्थाका उतार–चढावसँगै यस दिवसको औपचारिक मान्यतामा केही अवरोध आए पनि राष्ट्रनिर्माताप्रतिको जनआस्था कहिल्यै कमजोर भएन। यही कारण पृथ्वी जयन्ती आज पनि नेपाली इतिहास, राष्ट्रियता र एकताको महत्वपूर्ण प्रतीकका […]
पृथ्वी जयन्तीका अवसरमा काठमाडौँमा राष्ट्रिय एकताको सन्देशसहित विशेष परेड आयोजना हुने

काठमाडौँ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राजधानी काठमाडौँमा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यसहित विशेष एकता परेड आयोजना हुने भएको छ। आयोजकका अनुसार पौष २७ गते बिहान ११ बजे भद्रकालीबाट सुरु भई सिंहदरबारसम्म परेड निकालिने कार्यक्रम तय गरिएको छ। एकीकृत नेपालको भावनालाई उजागर गर्ने लक्ष्यका साथ आयोजना गरिन लागेको उक्त परेडमा हजारौँ […]
निजी क्षेत्रलाई अर्थतन्त्रको इन्जिन बनाउने सरकारको प्रतिबद्धता

काठमाडौँ । सरकारले निजी क्षेत्रलाई मुलुकको अर्थतन्त्रको प्रमुख इन्जिनको रूपमा स्वीकार गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता दोहोर्याएको छ। निजी क्षेत्रको सक्रिय सहभागिताबिना दिगो आर्थिक वृद्धि सम्भव नहुने निष्कर्षका साथ सरकारले नीति तथा कार्यक्रममार्फत निजी लगानी प्रोत्साहनलाई प्राथमिकतामा राख्ने संकेत दिएको हो। अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रले भोग्दै आएका संरचनागत र नीतिगत समस्याहरूलाई समाधान गर्न […]
कर्तव्यसँगै करुणा बोकेका प्रहरी नायब निरीक्षक कार्की, पशुपतिनगरमा मानवता र विश्वासको उदाहरण

इलाम। प्रहरी सेवामा कडाइ र संवेदनशीलता दुवै सँगसँगै अघि बढ्न सक्छ भन्ने उदाहरण बनेका छन् इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी नायब निरीक्षक जीवन कुमार कार्की। इलामको सूर्योदय नगरपालिका–१३ मा एक्लै र असहाय अवस्थामा जीवन बिताइरहेकी ८२ वर्षीया वृद्धा महिलाको उद्धार गरी परिवारको जिम्मा लगाउने कार्यपछि उनी फेरि एकपटक चर्चामा आएका छन्। स्थानीयबाट वृद्धा महिलाको अवस्थाबारे […]
प्रहरी इकाईहरूको निरीक्षण तथा स्थानीयसँग अन्तरक्रिया

सहनशीलतामा काम गर्न प्रहरीलाई एसपी कोइशून्यरालाको निर्देशन इलाम, पुस १३ । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक (एसपी) एकनारायण कोइरालाले जिल्लाअन्तर्गत रहेको प्रहरी चौकी जमुनाको औपचारिक निरीक्षण तथा अनुगमन गर्नुभएको छ । निरीक्षणका क्रममा चौकीको भौतिक अवस्था, सेवा प्रवाह, कार्यसम्पादनको अवस्था र अभिलेख व्यवस्थापनको अवलोकन गर्दै एसपी कोइरालाले त्यहाँ कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई आवश्यक […]
दिक्तेल भानुचोकमा राष्ट्रिय विभूति भानुभक्त आचार्यको सालिक पुनर्निर्माण थालनी

खोटाङ। राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माणको कार्य दिक्तेल बजारस्थित भानुचोकमा औपचारिक रूपमा सुरु गरिएको छ। लामो समयदेखि जीर्ण र अव्यवस्थित अवस्थामा रहेको उक्त सालिकलाई संरक्षण तथा सौन्दर्यकरण गर्ने उद्देश्यका साथ पुनर्निर्माण प्रक्रिया अघि बढाइएको हो। कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्य अभिवृद्धिका लागि एक करोड रुपैयाँको बजेट […]
जेन–जी नेतृत्व निर्णायक घडीमा: अर्जुन शाहीको टिमले सरकारसँग सहकार्य वा देशव्यापी आन्दोलनबारे चाँडै निर्णय गर्ने

काठमाडौं । नेपालको राजनीतिक परिवेश फेरि एकपटक निर्णायक मोडमा पुगेको छ । अन्तरिम सरकार गठन प्रक्रियाका सह–संयोजक अर्जुन शाही नेतृत्वको जेन–जी रिभोलुशन टिमले वर्तमान सरकारसँग सहकार्यलाई निरन्तरता दिने कि देशव्यापी निर्णायक आन्दोलनको बाटो समात्ने भन्ने विषयमा केही दिनभित्र अन्तिम निर्णय सार्वजनिक गर्ने तयारी गरेको छ । यो निर्णय त्यस्तो समयमा आउन लागेको छ, जब जेन–जी […]

