सुशीला कार्की नेतृत्वको सरकार अपदस्त गर्ने लक्ष्यसहित संयुक्त जेन–जी आन्दोलन घोषणा, पौष ७ गते माइतीघरबाट आन्दोलन सुरु हुने

काठमाडौँ। सुशीला कार्की नेतृत्वको वर्तमान सरकार अपदस्त गर्दै सर्वपक्षीय सरकार गठन र संविधान पुनर्लेखनको मागसहित संयुक्त जेन–जी आन्दोलन औपचारिक रूपमा घोषणा गरिएको छ। आन्दोलन आगामी पौष ७ गते काठमाडौँको माइतीघर मण्डलाबाट सुरु हुने जनाइएको छ। आन्दोलनको नेतृत्व संरचना सार्वजनिक गर्दै आयोजकहरूले मिराज ढुङ्गानालाई आन्दोलनको संयोजकको जिम्मेवारी दिएका छन् भने आन्दोलन कमान्डरको भूमिकामा सुनिल सिंह ठकुरी […]
प्रधानमन्त्री कार्कीले सुहाङसँग गरिन् चुनाव तयारीबारे छलफल

काठमाण्डौ। प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो शान्ति र स्थिरता सुनिश्चित गर्न प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा सम्पन्न हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री कार्कीले आइतबार इलाम क्षेत्र नम्बर २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भेटघाट गर्दै चुनावको तयारीमा कुनै ढिलाइ नगर्न आग्रह गरेकी हुन्। प्रधानमन्त्री कार्कीले प्रतिनिधिमण्डलसँगको संवादमा भने, “हामी चुनाव गराउनै लागेका छौँ। […]
भ्यूटावरजस्ता परियोजनामा अर्बौं लगानीले मात्रै देश समृद्ध हुँदैन : मन्त्री कुलमान घिसिङ

नवलपरासी। ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार, यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विकासको नाममा जथाभावी लगानीले वास्तविक समृद्धि हासिल नहुने बताएका छन्। पश्चिम नवलपरासीको परासीमा आइतबार नवलपरासी उद्योग वाणिज्य सङ्घ द्वारा आयोजित छलफल कार्यक्रममा मन्त्री घिसिङले यस विषयमा आफ्नो धारणा राखेका हुन्। उनले भने, “विकासका लागि प्राथमिकता निर्धारण नगरी अर्बौं रुपैयाँ लगानी गरिए […]
आगामी निर्वाचन सुरक्षित बनाउन तीन महिनाअघि नै सेना सक्रिय गरिने तयारी

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले सामान्यभन्दा कडा सुरक्षा रणनीति लागू गर्ने तयारी गरेको छ। हालै बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी तीन महिनाअघि देखिनै सेनालाई फिल्डमा परिचालन गर्नुपर्ने निष्कर्ष निकालेको हो। कात्तिक ३० गते बसेको उक्त बैठकले जेनजी आन्दोलनपछि सिर्जित सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सेना परिचालन अवधि यसपटक बढाउनुपर्ने […]
सुनसरीका डिएसपी खतिवडा काज सरुवा, स्थानमा डिएसपी खड्का

इटहरी, सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडालाई काज सरुवा गरिएको छ। उनी कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा सरुवा भएका हुन्। खतिवडाको स्थानमा डिएसपी चन्द्र खड्का सुनसरी आइपुग्ने भएका छन्। खतिवडाले झण्डै सात महिना मात्र सुनसरीमा सेवा अवधि पूरा गरेका थिए। उनको आकस्मिक सरुवाले प्रहरी संगठनभित्र चर्चा पाएको छ। प्रहरी स्रोतका अनुसार, एसपी […]
३३ औँ नेपाल प्रहरी महानिरीक्षक : भावुक गीतकार, कडा अनुशासनप्रिय कमान्डर

नेपाल प्रहरीले दान बहादुर कार्कीलाई ३३ औँ महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ। कार्ती २७ देखि उनी औपचारिक रूपमा कार्यभार सम्हाल्नेछन्। कार्कीले प्रहरी सेवामा इन्स्पेक्टरको पदबाट आफ्नो यात्रा सुरु गरेका थिए र आफ्नो ब्याचमा सदैव नम्बर १ रहँदै आएका छन्। उनी कठोर अनुशासन र कडा कमान्ड क्षमताका लागि परिचित छन्। व्यक्तिगत जीवनमा भने कार्की भावुक […]
जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ मा सभा गर्ने

Rabi Kiran Official काठमाडौँ — जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक संघर्ष सुरु गर्ने घोषणा गरेको छ। काठमाडौँको कीर्तिपुरमा सम्पन्न आकस्मिक भेलाले विद्रोहका प्रमुख मुद्दाहरूलाई अपहरण गरिएको र युवा पुस्ताको बलिदानलाई राजनीतिक स्वार्थमा रूपान्तरण गरिएको आरोप लगाउँदै आन्दोलनको नयाँ चरण सुरु गर्ने निर्णय गरेको हो। भेलाले स्पष्ट रूपमा प्रधानमन्त्री सुशीला कार्की […]
शिक्षा मन्त्रालयको नियमित कामकाज सिंहदरबारबाट सुरु

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सिंहदरबारस्थित मन्त्रालयबाट नियमित कामकाज सुरु गरेका छन्। जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा क्षति पुगेपछि मन्त्रालयको कामकाज लैनचौरस्थित केशर महलबाट सञ्चालन भइरहेको थियो। तर, सिंहदरबारस्थित कार्यालय अब कामकाजका लागि पूर्ण रूपमा तयार भएसँगै मन्त्री पुनले आइतबारदेखि सिंहदरबारबाटै काम सुरु गरेका हुन्। मन्त्री पुन गत […]
असोज महिनाको “सर्वोत्कृष्ट प्रहरी”मा इलामका प्रहरी सहायक निरीक्षक चौधरी सम्मानित

इलाम । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय नयाँबजार, इलामका प्रहरी सहायक निरीक्षक रमेश कुमार चौधरीलाई असोज महिनाको “सर्वोत्कृष्ट प्रहरी” (Best Police of the Month) घोषित गरेको छ। गत असोज १९ गते माइजोगमाई गाउँपालिकामा अविरल वर्षाका कारण आएको बाढी–पहिरोका बेला उनले उच्च मनोबलका साथ उद्धार कार्यमा सक्रिय भूमिका निभाएका थिए। चौधरीले घटनास्थलमा खटिँदै […]
बालुवाटार बैठकमा जेनजीहरूले सरकारलाई चेतावनी: “चुनाव मात्र होइन, भ्रष्टाचार विरुद्ध कारबाही अनिवार्य”

काठमाडौँ – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार भएको त्रिपक्षीय राजनीतिक बैठकमा जनजागरण समूह (जेनजी) ले सरकारसँग आफ्ना मुख्य मागहरू पुनः स्पष्ट पारेका छन्। बैठकमा जेनजीहरूले भने, “चुनाव चाहिँदोरहेछ, तर चुनाव मात्र गरेर काम चलेन। हाम्रो आन्दोलनको मुख्य लक्ष्य सुशासन र भ्रष्टाचारविरुद्ध प्रभावकारी कारबाही हो। यी दुई एजेन्डा सरकारसँगै अगाडि बढाउनै पर्छ।” प्रधानमन्त्रीको सचिवालयका अनुसार जेनजीहरूले […]

