कर्तव्यसँगै करुणा बोकेका प्रहरी नायब निरीक्षक कार्की, पशुपतिनगरमा मानवता र विश्वासको उदाहरण

इलाम। प्रहरी सेवामा कडाइ र संवेदनशीलता दुवै सँगसँगै अघि बढ्न सक्छ भन्ने उदाहरण बनेका छन् इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी नायब निरीक्षक जीवन कुमार कार्की। इलामको सूर्योदय नगरपालिका–१३ मा एक्लै र असहाय अवस्थामा जीवन बिताइरहेकी ८२ वर्षीया वृद्धा महिलाको उद्धार गरी परिवारको जिम्मा लगाउने कार्यपछि उनी फेरि एकपटक चर्चामा आएका छन्। स्थानीयबाट वृद्धा महिलाको अवस्थाबारे […]
प्रहरी इकाईहरूको निरीक्षण तथा स्थानीयसँग अन्तरक्रिया

सहनशीलतामा काम गर्न प्रहरीलाई एसपी कोइशून्यरालाको निर्देशन इलाम, पुस १३ । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक (एसपी) एकनारायण कोइरालाले जिल्लाअन्तर्गत रहेको प्रहरी चौकी जमुनाको औपचारिक निरीक्षण तथा अनुगमन गर्नुभएको छ । निरीक्षणका क्रममा चौकीको भौतिक अवस्था, सेवा प्रवाह, कार्यसम्पादनको अवस्था र अभिलेख व्यवस्थापनको अवलोकन गर्दै एसपी कोइरालाले त्यहाँ कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई आवश्यक […]
दिक्तेल भानुचोकमा राष्ट्रिय विभूति भानुभक्त आचार्यको सालिक पुनर्निर्माण थालनी

खोटाङ। राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माणको कार्य दिक्तेल बजारस्थित भानुचोकमा औपचारिक रूपमा सुरु गरिएको छ। लामो समयदेखि जीर्ण र अव्यवस्थित अवस्थामा रहेको उक्त सालिकलाई संरक्षण तथा सौन्दर्यकरण गर्ने उद्देश्यका साथ पुनर्निर्माण प्रक्रिया अघि बढाइएको हो। कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्य अभिवृद्धिका लागि एक करोड रुपैयाँको बजेट […]
जेन–जी नेतृत्व निर्णायक घडीमा: अर्जुन शाहीको टिमले सरकारसँग सहकार्य वा देशव्यापी आन्दोलनबारे चाँडै निर्णय गर्ने

काठमाडौं । नेपालको राजनीतिक परिवेश फेरि एकपटक निर्णायक मोडमा पुगेको छ । अन्तरिम सरकार गठन प्रक्रियाका सह–संयोजक अर्जुन शाही नेतृत्वको जेन–जी रिभोलुशन टिमले वर्तमान सरकारसँग सहकार्यलाई निरन्तरता दिने कि देशव्यापी निर्णायक आन्दोलनको बाटो समात्ने भन्ने विषयमा केही दिनभित्र अन्तिम निर्णय सार्वजनिक गर्ने तयारी गरेको छ । यो निर्णय त्यस्तो समयमा आउन लागेको छ, जब जेन–जी […]
सुशीला कार्की नेतृत्वको सरकार अपदस्त गर्ने लक्ष्यसहित संयुक्त जेन–जी आन्दोलन घोषणा, पौष ७ गते माइतीघरबाट आन्दोलन सुरु हुने

काठमाडौँ। सुशीला कार्की नेतृत्वको वर्तमान सरकार अपदस्त गर्दै सर्वपक्षीय सरकार गठन र संविधान पुनर्लेखनको मागसहित संयुक्त जेन–जी आन्दोलन औपचारिक रूपमा घोषणा गरिएको छ। आन्दोलन आगामी पौष ७ गते काठमाडौँको माइतीघर मण्डलाबाट सुरु हुने जनाइएको छ। आन्दोलनको नेतृत्व संरचना सार्वजनिक गर्दै आयोजकहरूले मिराज ढुङ्गानालाई आन्दोलनको संयोजकको जिम्मेवारी दिएका छन् भने आन्दोलन कमान्डरको भूमिकामा सुनिल सिंह ठकुरी […]
प्रधानमन्त्री कार्कीले सुहाङसँग गरिन् चुनाव तयारीबारे छलफल

काठमाण्डौ। प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो शान्ति र स्थिरता सुनिश्चित गर्न प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा सम्पन्न हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री कार्कीले आइतबार इलाम क्षेत्र नम्बर २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भेटघाट गर्दै चुनावको तयारीमा कुनै ढिलाइ नगर्न आग्रह गरेकी हुन्। प्रधानमन्त्री कार्कीले प्रतिनिधिमण्डलसँगको संवादमा भने, “हामी चुनाव गराउनै लागेका छौँ। […]
भ्यूटावरजस्ता परियोजनामा अर्बौं लगानीले मात्रै देश समृद्ध हुँदैन : मन्त्री कुलमान घिसिङ

नवलपरासी। ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार, यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विकासको नाममा जथाभावी लगानीले वास्तविक समृद्धि हासिल नहुने बताएका छन्। पश्चिम नवलपरासीको परासीमा आइतबार नवलपरासी उद्योग वाणिज्य सङ्घ द्वारा आयोजित छलफल कार्यक्रममा मन्त्री घिसिङले यस विषयमा आफ्नो धारणा राखेका हुन्। उनले भने, “विकासका लागि प्राथमिकता निर्धारण नगरी अर्बौं रुपैयाँ लगानी गरिए […]
आगामी निर्वाचन सुरक्षित बनाउन तीन महिनाअघि नै सेना सक्रिय गरिने तयारी

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले सामान्यभन्दा कडा सुरक्षा रणनीति लागू गर्ने तयारी गरेको छ। हालै बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी तीन महिनाअघि देखिनै सेनालाई फिल्डमा परिचालन गर्नुपर्ने निष्कर्ष निकालेको हो। कात्तिक ३० गते बसेको उक्त बैठकले जेनजी आन्दोलनपछि सिर्जित सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सेना परिचालन अवधि यसपटक बढाउनुपर्ने […]
सुनसरीका डिएसपी खतिवडा काज सरुवा, स्थानमा डिएसपी खड्का

इटहरी, सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडालाई काज सरुवा गरिएको छ। उनी कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा सरुवा भएका हुन्। खतिवडाको स्थानमा डिएसपी चन्द्र खड्का सुनसरी आइपुग्ने भएका छन्। खतिवडाले झण्डै सात महिना मात्र सुनसरीमा सेवा अवधि पूरा गरेका थिए। उनको आकस्मिक सरुवाले प्रहरी संगठनभित्र चर्चा पाएको छ। प्रहरी स्रोतका अनुसार, एसपी […]
३३ औँ नेपाल प्रहरी महानिरीक्षक : भावुक गीतकार, कडा अनुशासनप्रिय कमान्डर

नेपाल प्रहरीले दान बहादुर कार्कीलाई ३३ औँ महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ। कार्ती २७ देखि उनी औपचारिक रूपमा कार्यभार सम्हाल्नेछन्। कार्कीले प्रहरी सेवामा इन्स्पेक्टरको पदबाट आफ्नो यात्रा सुरु गरेका थिए र आफ्नो ब्याचमा सदैव नम्बर १ रहँदै आएका छन्। उनी कठोर अनुशासन र कडा कमान्ड क्षमताका लागि परिचित छन्। व्यक्तिगत जीवनमा भने कार्की भावुक […]
