सिरहामा शिक्षकको लापरवाहीका कारण बिद्यार्थीको पढाई मारमा

सिरह, मंसिर २७ । शिक्षकको लापरवाहीका कारण बिद्यार्थी मारमा परेको छ । सिरहाको गोलबजार नगरपालिका – ८ चोहर्वामा रहेको श्री जनता नमुना माध्यमिक बिद्यालयमा शिक्षकको लापरवाहीका कारण बिद्यार्थीहरु मारमा परेका छन । शिक्षकहरु कक्षा-कोठामा नामको लागि मात्र आउने र जाने गरेको कक्षा १० मा अध्यनरत रहेका एक बिद्यार्थीले गुनासो गरेका छन । उनले भने, शिक्षकहरु […]
विषयगत शिक्षकको माग गर्दै, मालिकार्जुन मा.वि. मिलमिलीमा तालाबन्दी

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा रहेको मालिकार्जुन माध्यमिक विध्यालयमा मिलमीलीमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन । विगत लामो समयदेखी विद्यालयमा दरबन्दी अनुसारका शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको भन्दै विद्यालयमा अध्ययनरत विद्यार्थीरुले तालाबन्दी गरेका हुन् । विषयगत शिक्षकहरु नभएकोले पटक पटक शिक्षक पदपुर्तीको लागी माग गर्दासमेत शिक्षक पदपुर्ती नभएपछि विद्यालयमा अनिसीतकालीन तालाबन्दी गरिएको कक्षा […]
नगर प्रमुख शाहद्वारा विद्यालयको अनुगमनमा तिब्रता

कपिलवस्तु, मंसिर १९ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले आइतबार कृष्णनगर नगरपालिका वडा नं ८ देवानगढिया तथा डेरवामा रहेको विद्यालयको अनुगमन गरेका छन् l नगर प्रमुख शाहले छड्के अनुगमनमा आइतबार सो विद्यालय मा पुगि त्याहांको भौतिक, शैक्षिक लगायत अवस्थाको अनुगमन गरि विद्यार्थी संग समेत के कस्ता कमि कमजोरी विद्यालयमा रहेको अवस्थाको […]
शिक्षक विज्ञापन पुनः तीन तहकै

काठमाडौ । शिक्षक सेवा आयोगले यस पटक पनि सामुदायिक विद्यालयमा रिक्त शिक्षक दरबन्दी पूर्ति गर्न तीन तहकै विज्ञापन तथा परीक्षा सञ्चालन गर्ने भएको छ। शिक्षा ऐनमा विद्यालय तहको संरचना दुई तह मात्र हुने उल्लेख गरे पनि आयोगले तीनै तहको संरचनाअनुसार शिक्षक नियुक्ति प्रक्रियालाई निरन्तरता दिने भएको हो। शिक्षा ऐनमा आधारभूत र माध्यमिक गरी दुई तहको […]
एसइईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई मासिक भत्ता दिन सुरु

पर्वत, कात्तिक ५ । पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिएको छ । नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो । कुश्मा नगरपालिकाले विद्यार्थीहरुको पढाइप्रतिको लगाव बढाउन तथा सामुदायिक विद्यालयमा पढ्न उत्प्रेरित र प्रोत्साहन गर्ने […]
यसवर्षको एसईई चैत दोस्रो हप्तादेखि सुरु

बुटवल, असोज २८ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई चैत दोस्रो हप्तादेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार एसईई २०७९ को चैत दोस्रो हप्तादेखि सुरु हुनेछ । एसईईको नतिजा २०८० को असार तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने कार्यतालिका छ । परीक्षा सञ्चालन जिल्ला, […]
म्याग्दीका २१ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट

म्याग्दी । म्याग्दीका २१ विद्यालय चालु आर्थिक वर्ष २०७९/८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७९ भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट देशभर कार्यक्रम सञ्चालन हुने विद्यालयको विवरण सार्वजनिक गरेको थियो। जसअन्तर्गत म्याग्दीका २१ विद्यालयले भौतिक तथा शैक्षिक सुधारका लागि रु पाँच करोड ५३ लाख बजेट प्राप्त गरेका हुन्। […]
पाल्हिनन्दनद्वारा ५८ओैं राष्ट्रिय बाल दिवसकाे अवसरमा चित्रकला प्रतियोगिता सम्पन्न

सुरेश यादव/रामजी प्रजापति परासी । आज पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाद्वारा ५८ राष्ट्रिय बाल दिवसकाे अवसरमा चित्रकला प्रतियोगिता बालमैत्री समाजकाे अधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भने मुल नाराका साथ सम्पन्न भएकाे छ । पाल्हिनन्दन गाउँपालिकाकाे आयाेजनामा राष्ट्रिय बाल दिवसकाे अवसरमा उक्त प्रतियोगिता गरिएकाे पाल्हिनन्दन गाउँपालिकाकी कार्यवाहक अध्यक्ष फातिमा खातुन अंसारीले जानकारी दिनुभयाे । पाल्हिनन्दन गाउँपालिका […]
शिक्षक सेवा आयोगको गणित परीक्षा: २९९ मागिएकोमा १५१ मात्र उत्तीर्ण

काठमाडौं । शिक्षक सेवा आयोगले सार्वजनिक गरेको माध्यमिक तहको गणित विषयको परीक्षाफलमा माग गरिएको भन्दा कम विद्यार्थी पास भएका छन्।बुधबार सार्वजनिक भएको गत चैत १५ गते र असार ९ गते लिइएको परीक्षाको नजितामा पद संख्याजति पनि परीक्षार्थी उत्तीर्ण हुन नसकेका हुन्। नतिजाअनुसार देशभर सबै प्रदेशमा गरी गणित विषयमा २९९ जना माग गरिएको थियो। जसमध्ये १५१ […]
कक्षा १२ को नतिजा प्रकाशित

काठमाडौं, भदौ १७ । कक्षा १२ को नतिजा प्रकाशन भएको छ । शुक्रबार अपराह्न साढे ४ बजे राष्ट्रिय परीक्षा बोर्डले बैठक बसेर गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को नतिजा प्रकाशन गरिएको हो । यसपटक ननग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिएको छ । सार्वजनिक नतिजाअनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको […]

