अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाली महिला फुटबल टोली भारत प्रस्थान, इरान र भारतसँग खेल्ने

काठमाडौँ । भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली आज भारत प्रस्थान गरेको छ। भारतको सिलोङ शहरमा आयोजना हुने यस प्रतियोगितामा आयोजक भारत, नेपाल र इरानबीच त्रिदेशीय प्रतिस्पर्धा हुनेछ। नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल कात्तिक ७ गते इरानसँग खेल्नेछ भने दोस्रो खेल कात्तिक १० गते भारतसँग हुनेछ। दुवै […]
इलाममा खेलकुद विकास समितिको नयाँ भवन-

इलाम । जिल्ला खेलकुद विकास समितिको नयाँ भवन हिजो एक कार्यक्रमका बीच उदघाटन गरिएको छ । संघीय सरकारको बजेटमा निर्मित सो भवनको जिल्ला समन्वय समिति इलामका अध्यक्ष जयप्रकाश राईले उदघाटन गरेका हुन् । जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोलाको अध्यक्षता र जिल्ला समन्वय समितका अध्यक्ष जयप्रकाश राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न […]
माङसेबुङमा जारी प्रथम चिबुवा कपमा रोमाञ्चक खेल, आयोजक ‘बी’ र बतासे एफसी विजयी

इलाम । माङसेबुङ गाउँपालिका–३ चिबुवामा जारी प्रथम संस्करणको चिबुवा कप फुटबल प्रतियोगिता रोमाञ्चक बन्दै गएको छ। शुक्रबार सम्पन्न दुई प्रतिस्पर्धात्मक खेलमा आयोजक चिबुवा युथ क्लब ‘बी’ र बतासे एफसीले उत्कृष्ट प्रदर्शन गर्दै अघिल्लो चरणमा स्थान सुनिश्चित गरेका छन्। पहिलो खेलमा आयोजक टोलीले फ्युचर स्टारमाथि २–० को सहज जित हात पारेको हो। खेलको पहिलो हाफमै उत्कृष्ट […]
इलाममा जारी प्रथम चिबुवा कप : आज दुई रोचक खेल हुँदै

इलाम । इलामको माङसेबुङ गाउँपालिका–३, चिबुवामा जारी प्रथम चिबुवा कप फुटबल प्रतियोगितामा आज (शुक्रबार) दुई रोचक खेलहरू हुने भएका छन्। आयोजक चिबुवा युथ क्लबका अध्यक्ष उद्देश लिम्बूका अनुसार पहिलो खेलमा चिबुवा युथ क्लब ‘बी’ र फ्युचर स्टारबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा सर्जनशील एफसी र बतासे एफसी आमनेसामने हुनेछन्। बिहीबार उद्घाटनसँगै सुरु भएको प्रतियोगिताको पहिलो […]
फाकफोकथुममा पहिलो राष्ट्रिय स्तरको चेस प्रतियोगिता, कात्तिक ९ देखि ११ सम्म

इलाम । बुद्धिचाल (चेस) प्रेमीहरूका लागि खुसीको खबर — इलामको फाकफोकथुम गाउँपालिकामा पहिलोपटक राष्ट्रिय स्तरको रेटिङ्ग चेस प्रतियोगिता हुने भएको छ। आगामी कात्तिक ९ देखि ११ गतेसम्म गाउँपालिकाको सभाहलमा हुने यो प्रतियोगिता फाकफोकथुम चेस एशोसिएसनको आयोजनामा र फिडे इभेन्ट कोड ४४४३३१ अन्तर्गत सञ्चालन हुनेछ। खुला सहभागिता, फिडे रेटिङमा सूचीकृत नेपालभरका सबै चेस खेलाडीहरूका लागि यो […]
आईसीसी पुरुष टी-२० विश्वकप एसिया छनोट: नेपाल बनाम यूएई – सुपर सिक्सको रोमाञ्चक भिडन्त आइतबार

काठमाडौं, नेपाल – आईसीसी पुरुष टी-२० विश्वकप एसिया छनोटको सुपर सिक्स चरण आइतबारदेखि सुरु हुँदैछ, जहाँ नेपालले आफ्नो पहिलो खेलमा **संयुक्त अरब इमिरेट्स (यूएई)**सँग प्रतिस्पर्धा गर्ने तयारी गरेको छ। यो खेल क्रिकेट प्रेमीहरूका लागि एक ठूलो उत्साहको विषय बन्ने अनुमान गरिएको छ। ओमानमा आयोजना हुने यो खेलमा दुबै टोलीले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेर सुपर […]
गिनिज रेकर्डको सपना बोकेर उल्टो मोटरसाइकल यात्रा पूरा

महोत्तरी, १२ जेठ – गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने लक्ष्यसहित बर्दिवासका जिवनाथ पोखरेल ‘जेबी’ले उल्टो मोटरसाइकल यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् । जेठ ९ गते सुरु भएको यो यात्रा सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित राष्ट्रिय कलाघरसम्म पुगेर टुंगिएको हो । यात्रामा सहभागी २५ जनाको टोलीले “मधेश टु महाभारत, सुस्वास्थ्यको सबैमा मुवारक” भन्ने नारासहित कलाघरमा […]
इलामको माङसेबुङमा गैरीगाउँ र आयोजक सुनुयुमा बीचको खेल

इलाम / इलाम जिल्लाको माङसेबुङ गाउँपालिका २ पावामा आज शुक्रबारका दिन पहिलो खेलमा बोझोला इन्द्रेणी एफसी माङसेबुङ २ पावालाई १,० गोलले अन्तरमा पराजित भएको छ । खेलकुद समिति माङसेबुङ १ ले अघिल्लो चरण प्रवेश गरेका थिए भने राज लिम्बूले खेलमा ११ औं मिनेटमा गोल गरेका थिए । सो गोल नै टिमलाई जितका लागि निर्णायक भएको […]
इलामको माङसेबुङ गाउँपालिकामा फुटबल प्रतियोगिता हुदै

इलाम / इलामको माङसेबुङ गाउँपालिका २ पावामा हिजो बिहिवारबाट क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु हुदै आएको छ । माङसेबुङका सुनुयुमा विकास संस्था माङसेबुङ २ पावाका आयोजनाले सुरु गरेको प्रतियोगितामा अन्गर्तग हिज बिहीबार खेल सम्पन्न भएको थियोे । निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकसम्म पुगेको थियोे । सो उद्घाटन खेलमा पावा एफसीलाई टाइब्रेकरमा ५-० गोल […]
विराटचोकमा काेशी प्रदेश स्तरीय फुटसल टुर्नामेन्ट २०८१ हुने

योगेन्द्र योगी बिराटनगर : माेरङमा कोशी प्रदेश स्तरीय फुटसल टुर्नामेन्ट २०८१ हुने भएको छ। राष्ट्रिय युवा संघ नेपाल सुन्दरहरैँचा नगर कमिटीको आयोजनामा काेशी प्रदेश स्तरीय युथ फुटसल टुर्नामेन्ट हुने भएको हो। असोज १७ देखि १९ गते सम्म सुन्दरहरैँचा -१० मा रहेको प्लानेटमा प्रतियोगिता हुन लागेको सोमबार पत्रकार सम्मेलन मार्फद जानकारी दिएको छ । प्रतियाेगितामा कोशी […]

