एनपिएल क्रिकेटमा सट्टेबाजी काण्ड : १० जना पक्राउ, करोडौँ बराबरको अवैध कारोबार खुलासा

त्रिवि क्रिकेट मैदानमा जारी रहेको नेपाल प्रिमियर लिग (एनपिएल) को बीचमा ठूलो सट्टेबाजी काण्ड बाहिरिएको छ। खेल चलिरहेको अवस्थामा नै अवैध ऑनलाइन सट्टेबाजी तथा सम्भावित म्याच फिक्सिङ गतिविधिमा संलग्न भएको आरोपमा १० जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये ९ जना भारतीय नागरिक र १ जना नेपाली रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ […]
एन्फाले राष्ट्रिय लिग तथा ‘ए’ डिभिजन लिगबारे विस्तृत छलफल सुरु

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबलको संरचना तथा प्रतियोगितालाई व्यवस्थित गर्न राष्ट्रिय लिग र सहिद स्मारक ‘ए’ डिभिजन लिगबारे औपचारिक छलफल प्रक्रिया सुरु गरेको छ। एन्फाले सुरु गरेको छलफलमा ‘ए’ डिभिजन लिगका क्लब, प्रतिनिधि तथा खेलाडीहरू सक्रिय रूपमा सहभागी भएका छन्। आगामी सिजनको तयारी, प्रतियोगिताको ढाँचा, समय तालिका तथा व्यवस्थापन–सम्बन्धी विषयमा व्यापक परामर्श […]
एनपीएल दोस्रो संस्करण आजदेखि सुरु, उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज भिड्दै

काठमाडौं। – नेपाली क्रिकेटको सबैभन्दा प्रतिष्ठित फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को दोश्रो संस्करण आज (मंसिर १) बाट सुरु हुँदैछ। उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज भिड्ने भएका छन्। यी दुई टोलीबीच यो दोस्रो भेट हो। पहिलो संस्करणको लिग चरणमा जनकपुर बोल्ट्सले काठमाण्डु गोर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो। सो संस्करणमा […]
नेपालले भारतविरुद्ध मैत्रीपूर्ण खेलमा जित

काठमाडौँ — नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतविरुद्धको मैत्रीपूर्ण खेलमा पेनाल्टी सुटआउटमा शानदार जित गरेको छ। बुधबार सिक्किमको पाल्जोर रंगशालामा सम्पन्न खेल ९० मिनेटको नियमित समय १–१ को बराबरीमा सकिएको थियो। विजेताको टुङ्गो पेनाल्टी सुटआउटबाट तय भएको हो। पेनाल्टी सुटआउटमा नेपालका लागि सविता रानामगर, रश्मीकुमारी घिसिङ र निशा थोकरले गोल गर्न सफल भए। यसक्रममा अनिता […]
सावित्राको गोलमा भारतविरुद्ध नेपालको पहिलो हाफमा अग्रता

काठमाडौँ — त्रिकोणात्मक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले भारतविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्दै पहिलो हाफमै अग्रता लिएको छ। सोमबार साँझ शिलाङस्थित जवाहरलाल नेहरू रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदासम्म नेपालले भारतलाई १–० गोलले अग्रता बनाएको हो। नेपालका लागि फरवार्ड **सावित्रा भण्डारी (साम्पा)**ले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाएकी हुन्। सावित्राको गोलपछि नेपाली टोली आत्मविश्वासका साथ खेलमा […]
फाकफोकथुममा पहिलो राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता सम्पन्न, अध्यक्ष खनालले दिए खेलाडीलाई प्रेरणादायी सन्देश

इलाम, फाकफोकथुम । इलाम जिल्लाको फाकफोकथुम गाउँपालिकामा पहिलो पटक राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता “First Phakphokthum Open Nationwide Classical Rating Chess Tournament – 2082” भव्य रूपमा सम्पन्न भएको छ। फाकफोकथुम बुद्धिचाल संघको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आएका ५० भन्दा बढी प्रतिस्पर्धीहरूले भाग लिएका थिए। मेयर खनालको प्रेरणादायी भनाइ कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि […]
प्रथम चिबुवा कप फुटबल प्रतियोगिता : पीएफसी महमाई र आयोजक ‘ए’ विजयी

इलाम – माङसेबुङ गाउँपालिका–३ चिबुवामा जारी प्रथम संस्करणको चिबुवा कप फुटबल प्रतियोगितामा पीएफसी महमाई र आयोजक टोली ‘ए’ विजयी भएका छन्। शुक्रबार सम्पन्न पहिलो खेलमा पीएफसी महमाईले बोझोला एफसीलाई ४–१ को गोल अन्तरले पराजित गरेको हो। पीएफसीको जितमा उदिप लिम्बूले दुई गोल गर्नुका साथै सुमन लिम्बू र जिसन लिम्बूले एक–एक गोल थपेका थिए। दोस्रो खेलमा […]
अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाली महिला फुटबल टोली भारत प्रस्थान, इरान र भारतसँग खेल्ने

काठमाडौँ । भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली आज भारत प्रस्थान गरेको छ। भारतको सिलोङ शहरमा आयोजना हुने यस प्रतियोगितामा आयोजक भारत, नेपाल र इरानबीच त्रिदेशीय प्रतिस्पर्धा हुनेछ। नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल कात्तिक ७ गते इरानसँग खेल्नेछ भने दोस्रो खेल कात्तिक १० गते भारतसँग हुनेछ। दुवै […]
इलाममा खेलकुद विकास समितिको नयाँ भवन-

इलाम । जिल्ला खेलकुद विकास समितिको नयाँ भवन हिजो एक कार्यक्रमका बीच उदघाटन गरिएको छ । संघीय सरकारको बजेटमा निर्मित सो भवनको जिल्ला समन्वय समिति इलामका अध्यक्ष जयप्रकाश राईले उदघाटन गरेका हुन् । जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोलाको अध्यक्षता र जिल्ला समन्वय समितका अध्यक्ष जयप्रकाश राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न […]
माङसेबुङमा जारी प्रथम चिबुवा कपमा रोमाञ्चक खेल, आयोजक ‘बी’ र बतासे एफसी विजयी

इलाम । माङसेबुङ गाउँपालिका–३ चिबुवामा जारी प्रथम संस्करणको चिबुवा कप फुटबल प्रतियोगिता रोमाञ्चक बन्दै गएको छ। शुक्रबार सम्पन्न दुई प्रतिस्पर्धात्मक खेलमा आयोजक चिबुवा युथ क्लब ‘बी’ र बतासे एफसीले उत्कृष्ट प्रदर्शन गर्दै अघिल्लो चरणमा स्थान सुनिश्चित गरेका छन्। पहिलो खेलमा आयोजक टोलीले फ्युचर स्टारमाथि २–० को सहज जित हात पारेको हो। खेलको पहिलो हाफमै उत्कृष्ट […]
