शीतल निवासमा चहलपहल, सुशीला कार्की आज प्रधानमन्त्रीको शपथ लिँदै

काठमाडौँ । नेपालकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीका रूपमा नियुक्त गर्ने तयारी भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज राति ९ बजे शपथ गराउने कार्यक्रम तय भएको छ। शपथ ग्रहण समारोहको पूर्वसन्ध्यामा शीतल निवासमा विशेष चहलपहल देखिएको छ। विभिन्न निकायका अधिकारी, राजनीतिक नेतादेखि सुरक्षा संयन्त्रसमेत सक्रिय देखिएका छन्। यससँगै नेपालले पहिलो महिला प्रधानमन्त्री पाउने ऐतिहासिक […]
गस्तीमा रहेको नेपाली सेनालाई स्वतन्त्र नागरिक समाजको साथ

सुन्दरहरैचा (मोरङ) : स्वतन्त्र नागरिक समाज मोरङले गस्तीमा रहेको नेपाली सेनालाई चाउचाउ पानी वितरण गरेको छ। शुक्रबार दिउसो सुन्दरहरैचा नगरपालिकाको विराटचोक र सलकपुरमा गस्तीमा रहेको नेपाली सेनालाई चाउचाउ पानी वितरण गरेको हो। स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चम्लागाईका अनुसार जेनजी आन्दोलन पछि जनताको शान्ती सुरक्षा गर्न सडकमा निस्किएको सेनालाई गर्मीको समयमा पिउने पानी […]
सिंहदरबारमा नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयारीमा

काठमाडौँ – सिंहदरबारभित्र नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्षको तयारी तीव्र गतिमा भइरहेको छ। गृह मन्त्रालयले भवनको आन्तरिक व्यवस्था, आधुनिक सुविधा र प्रशासनिक आवश्यकताहरूको ख्याल गर्दै कार्यकक्षको सजावट र व्यवस्थापन गरिरहेको जनाएको छ। गत सोमबार र मंगलबार देशव्यापी प्रदर्शनपछि प्रधानमन्त्री पदमा रिक्तता आएको थियो। प्रदर्शनमा जेन–जी पुस्ताका युवाहरूले भ्रष्टाचार, सामाजिक सञ्जालमाथि प्रतिबन्ध, र सरकारका अन्य नीति–निर्णयको विरोध […]
जेनजी आन्दोलन’ लगायतका घटनाक्रममा नेपाली सेनालाई जोडेर विभिन्न किसिमका टिप्पणी र अभिव्यक्ति फैलिइरहेको सन्दर्भमा सेनाले नागरिकलाई सावधान रहन आग्रह गरेको छ।

काठमाडौं । हालैका दिनमा चर्चामा आएको ‘जेनजी आन्दोलन’ लगायतका घटनाक्रममा नेपाली सेनालाई जोडेर विभिन्न किसिमका टिप्पणी र अभिव्यक्ति फैलिइरहेको सन्दर्भमा सेनाले नागरिकलाई सावधान रहन आग्रह गरेको छ। सेनाले सार्वजनिक गरेको सूचना अनुसार संस्थाले नियमित रूपमा प्रेस विज्ञप्ति, सूचना नोटिस तथा आधिकारिक सामाजिक सञ्जालमार्फत तथ्यपरक जानकारी प्रदान गर्दै आएको हुँदा, अपुष्ट वा भ्रामक सूचनामा विश्वास नगर्न […]
इलाम बार एसोसिएशनको मौन प्रदर्शन : “राष्ट्र बचाऔं–संविधान बचाऔं”

इलाम । संविधान र कानूनी व्यवस्थाको संरक्षणका लागि देशभरका बार एकाइहरू क्रमशः सडकमा उत्रिरहेका बेला आज इलाम बार एसोसिएशनले पनि आफ्नै कार्यलय परिसरमा मौन प्रदर्शन गरेको छ। “Save the Nation – Save the Constitution” लेखिएका प्लेकार्डसहित, नेपालको संविधानको प्रतिलिपि हातमा बोकेर कानुन व्यवसायीहरू करिब एक घण्टा मौन रुपमा उभिएका थिए। राजधानी काठमाडौँ मात्र नभई मुलुकका […]
आन्दोलनपछि उपत्यकामा जनजीवन सामान्यतर्फ

काठमाडौँ। केही दिनयता अस्तव्यस्त बनेको राजधानी उपत्यकाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। सुरक्षा संयन्त्र सक्रिय बनेपछि राजधानी मात्र नभई देशका अन्य भागमा पनि दैनन्दिन गतिविधि सहज बन्दै गएको देखिन्छ। नेपाली सेनाले अन्य सुरक्षासंस्थासँग समन्वय गर्दै जिम्मेवारी लिएको कारण सुरक्षा परिस्थिति नियन्त्रणमा आएको अधिकारीहरू बताउँछन्। उता, आन्दोलनरत जेन–जेड पुस्ताका प्रतिनिधिहरू छलफलका लागि वार्ताको तयारीमा रहेको […]
काठमाडौँ – निषेधाज्ञा र कर्फ्युका बेला आवश्यक सेवाहरू जारी रहँदै

काठमाडौँ उपत्यकामा नेपाली सेनाले जारी गरेको निषेधाज्ञा र कर्फ्युका बावजुद केही अत्यावश्यक सेवाहरूलाई सहज रूपमा सञ्चालन गर्न अनुमति दिएको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार साँझको सुरक्षा विश्लेषणपछि सूचना जारी गरेको हो। सेनाले भदौ २६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा र सोही दिन राति ७ बजेदेखि भदौ २७ गते बिहान ६ […]
महोत्तरी कारागारबाट भागेका कैदीबन्दीलाई फर्कन २४ घण्टाको अल्टिमेटम

काठमाडौँ – महोत्तरी कारागारबाट मंगलबार बेलुका भागेका कैदीबन्दीलाई प्रशासनले २४ घण्टाभित्र फर्किन अल्टिमेटम दिएको छ। कारागारका अनुसार करिब ७ बजे बेलुका अप्रत्यासित रूपमा भागमभाग भएको थियो। ५७७ जना कैदीमध्ये ५६७ जना कारागारबाट फरार भएका थिए। एक जना मात्र जिल्ला प्रहरी कार्यालयको निगरानीमा रहे। कारागार प्रशासनले फरार कैदीबन्दीहरूलाई स्वेच्छाले फर्किन आग्रह गर्दै भनेको छ कि यदि […]
जेनजी आन्दोलनमा हालसम्म ३० जनाको मृत्यु, एक हजारभन्दा बढी घाइते

जेनजी आन्दोलनमा हालसम्म ३० जनाको मृत्यु, एक हजारभन्दा बढी घाइते काठमाडौँ – देशभर भइरहेको जेनजी आन्दोलनका क्रममा हालसम्म ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। साथै, एक हजारभन्दा बढी नागरिक घाइते भएका छन् र विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मन्त्रालयका सचिव डा. विकास देवकोटाले बताए अनुसार, देशभरिका २९ वटा अस्पतालमा अहिलेसम्म ३० […]
नेपालमा छिट्टै स्थिरता आउने विश्वास चीनको

काठमाडौँ । चीनले नेपालमा चाँडै शान्ति र सुव्यवस्था कायम हुनेमा सकारात्मक धारणा व्यक्त गरेको छ । चीनको परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता लीन चियानले नेपाल–चीनबीचको सम्बन्ध ऐतिहासिक र मित्रवत रहेको स्मरण गराउँदै, नेपालको आन्तरिक विषयलाई नेपाली समाजका विभिन्न पक्षहरूले आफ्नै तरिकाले समाधान गर्नेमा विश्वास व्यक्त गरे । उनका अनुसार, नेपालले स्थिरता र […]

