प्रतिनिधिसभा चुनाव सम्पन्न गर्न राष्ट्रपतिको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्न सबैलाई सहयोग गर्न राष्ट्रपति रामचन्द्र पौडेलले अनुरोध गरेका छन्। शनिबार सार्वजनिक गरिएको वक्तव्यमा राष्ट्रपति पौडेलले कठिन परिस्थितिबाट देशले शान्तिपूर्ण निकास खोजेको भन्दै सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरेका छन्। उनका अनुसार संविधान, संसदीय प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन […]
प्रधानमन्त्री कार्कीलाई ६ महिनाभित्र नयाँ निर्वाचन गर्ने जिम्मेवारी

काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। पूर्वप्रधानन्यायाधीश कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन्। राष्ट्रपतिले कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने म्यान्डेट दिएका छन्। यस कदमले मुलुकमा उत्पन्न असाधारण परिस्थितिहरूलाई सम्बोधन गर्दै युवा पुस्ताको अपेक्षा र राजनीतिक दलसँगको परामर्शलाई ध्यानमा राखेको बताइएको छ। शपथ ग्रहण समारोह […]
प्रधानमन्त्री कार्कीको मात्र शपथ, मन्त्रीहरु हाल नियुक्त भएनन्

काठमाडौँ — राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मात्र शपथ लिएकी छन्। यसअघि तीन सदस्यीय मन्त्रिपरिषद् बन्ने चर्चा भए तापनि अन्य मन्त्रीहरूको नाममा सहमति हुन बाँकी रहेकाले उनीहरूको नियुक्ति हालसम्म भएको छैन। अहिलेलाई सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै सम्हाल्ने व्यवस्था राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन्।
सुशीला कार्कीले आज राति शपथ लिँदै, संसद् विघटनको सिफारिस गर्ने तयारी

काठमाडौं । नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्की आज राति ९ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ। शपथपछि मन्त्रिपरिषद्को पहिलो बैठक बसेर संसद् विघटनको सिफारिस गर्ने तयारी भएको स्रोतले जनाएको छ। राष्ट्रपति कार्यालयले कार्कीलाई प्रधानमन्त्री नियुक्त भइसकेको पुष्टि गरेको छ। राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार शपथलगत्तै मन्त्रिपरिषद् गठन […]
शीतल निवासमा चहलपहल, सुशीला कार्की आज प्रधानमन्त्रीको शपथ लिँदै

काठमाडौँ । नेपालकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीका रूपमा नियुक्त गर्ने तयारी भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज राति ९ बजे शपथ गराउने कार्यक्रम तय भएको छ। शपथ ग्रहण समारोहको पूर्वसन्ध्यामा शीतल निवासमा विशेष चहलपहल देखिएको छ। विभिन्न निकायका अधिकारी, राजनीतिक नेतादेखि सुरक्षा संयन्त्रसमेत सक्रिय देखिएका छन्। यससँगै नेपालले पहिलो महिला प्रधानमन्त्री पाउने ऐतिहासिक […]
गस्तीमा रहेको नेपाली सेनालाई स्वतन्त्र नागरिक समाजको साथ

सुन्दरहरैचा (मोरङ) : स्वतन्त्र नागरिक समाज मोरङले गस्तीमा रहेको नेपाली सेनालाई चाउचाउ पानी वितरण गरेको छ। शुक्रबार दिउसो सुन्दरहरैचा नगरपालिकाको विराटचोक र सलकपुरमा गस्तीमा रहेको नेपाली सेनालाई चाउचाउ पानी वितरण गरेको हो। स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चम्लागाईका अनुसार जेनजी आन्दोलन पछि जनताको शान्ती सुरक्षा गर्न सडकमा निस्किएको सेनालाई गर्मीको समयमा पिउने पानी […]
सिंहदरबारमा नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयारीमा

काठमाडौँ – सिंहदरबारभित्र नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्षको तयारी तीव्र गतिमा भइरहेको छ। गृह मन्त्रालयले भवनको आन्तरिक व्यवस्था, आधुनिक सुविधा र प्रशासनिक आवश्यकताहरूको ख्याल गर्दै कार्यकक्षको सजावट र व्यवस्थापन गरिरहेको जनाएको छ। गत सोमबार र मंगलबार देशव्यापी प्रदर्शनपछि प्रधानमन्त्री पदमा रिक्तता आएको थियो। प्रदर्शनमा जेन–जी पुस्ताका युवाहरूले भ्रष्टाचार, सामाजिक सञ्जालमाथि प्रतिबन्ध, र सरकारका अन्य नीति–निर्णयको विरोध […]
जेनजी आन्दोलन’ लगायतका घटनाक्रममा नेपाली सेनालाई जोडेर विभिन्न किसिमका टिप्पणी र अभिव्यक्ति फैलिइरहेको सन्दर्भमा सेनाले नागरिकलाई सावधान रहन आग्रह गरेको छ।

काठमाडौं । हालैका दिनमा चर्चामा आएको ‘जेनजी आन्दोलन’ लगायतका घटनाक्रममा नेपाली सेनालाई जोडेर विभिन्न किसिमका टिप्पणी र अभिव्यक्ति फैलिइरहेको सन्दर्भमा सेनाले नागरिकलाई सावधान रहन आग्रह गरेको छ। सेनाले सार्वजनिक गरेको सूचना अनुसार संस्थाले नियमित रूपमा प्रेस विज्ञप्ति, सूचना नोटिस तथा आधिकारिक सामाजिक सञ्जालमार्फत तथ्यपरक जानकारी प्रदान गर्दै आएको हुँदा, अपुष्ट वा भ्रामक सूचनामा विश्वास नगर्न […]
इलाम बार एसोसिएशनको मौन प्रदर्शन : “राष्ट्र बचाऔं–संविधान बचाऔं”

इलाम । संविधान र कानूनी व्यवस्थाको संरक्षणका लागि देशभरका बार एकाइहरू क्रमशः सडकमा उत्रिरहेका बेला आज इलाम बार एसोसिएशनले पनि आफ्नै कार्यलय परिसरमा मौन प्रदर्शन गरेको छ। “Save the Nation – Save the Constitution” लेखिएका प्लेकार्डसहित, नेपालको संविधानको प्रतिलिपि हातमा बोकेर कानुन व्यवसायीहरू करिब एक घण्टा मौन रुपमा उभिएका थिए। राजधानी काठमाडौँ मात्र नभई मुलुकका […]
आन्दोलनपछि उपत्यकामा जनजीवन सामान्यतर्फ

काठमाडौँ। केही दिनयता अस्तव्यस्त बनेको राजधानी उपत्यकाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। सुरक्षा संयन्त्र सक्रिय बनेपछि राजधानी मात्र नभई देशका अन्य भागमा पनि दैनन्दिन गतिविधि सहज बन्दै गएको देखिन्छ। नेपाली सेनाले अन्य सुरक्षासंस्थासँग समन्वय गर्दै जिम्मेवारी लिएको कारण सुरक्षा परिस्थिति नियन्त्रणमा आएको अधिकारीहरू बताउँछन्। उता, आन्दोलनरत जेन–जेड पुस्ताका प्रतिनिधिहरू छलफलका लागि वार्ताको तयारीमा रहेको […]
