कपिलवस्तुमा फैलिएको झाडापखालाबाट हालसम्म चारजनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा गत असोज १८ गतेदेखि फैलिएको झाडापखालाबाट हालसम्म चारजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।झाडापखाला र बान्ताका कारण तीन बालबालिका र एक ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । कृष्णनगर नगरपालिका वडा नम्बर ७, ८ र ९ मा फैलिएको झाडापखालाको महामारीबाट हालसम्म आठ सय ८५ जना बिरामी परेका छन् । उनीहरूमध्ये २५ […]
लहान-१६ बर्दमारमा एकदिने आँखा शिविर सम्पन्न

लहान । सिरहाको साविक गाउँ विकास समिति गोविन्दपुर-४ हाल लहान नगरपालिका १६ श्री जनता आधारभूत विद्यालय बर्दमारमा एकदिने आँखा शिविर शुक्रबार सम्पन्न भएको छ। स्वर्गीय संगिता कर्माचार्य स्मृति प्रतिष्ठान लहान – ७ को आयोजना र सगरमाथा चौधरी आँखा अस्पतालको संयुक्तको समन्वयमा सो शिविर आयोजित रहेका थिए।समाजसेवी तथा नेपाली काङ्ग्रेसका युवा होनहार नेता महेश चौधरीले हरेक […]
पाँच प्रदेश : कपिलवस्तुमा झाडापखाला स्थिति नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन

कपिलवस्तु । कृष्णनगर नगरपालिकाका विभिन्न ६ वडामा झाडापखाला तथा बान्ताको प्रकोप फैलिएको छ। असोज १८ बेलुकीदेखि नगरपालिकाका वडा नं ३, ४, ७, ८, ९ र १२ झाडापखाला तथा बान्ताबाट प्रभावित भएको हो। नेपाली सेना, नेपाल पुलिस तथा शशस्त्र प्रहरी बलका प्रतिनिधि, स्थानीय लगायत प्रादेशिक, जिल्ला तथा स्वास्थ्य कार्यालय तथा अन्य सरोकारवालाले प्रकोप नियन्त्रण गर्न सहयोग […]
कपिलवस्तुमा फैलिएको झाडापखालाबारे अध्ययन गर्न स्वास्थ्य मन्त्रालयले पठायो ३ जनाको टोली

काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा फैलिएको हैजाको जस्तै लक्षण भएको झाडापखाला र पानीजन्य प्रकोपबारे स्थलगत अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक टोली पठाएको छ । महामारी रोग विशेषज्ञ डा. शशी कँडेल, कौशलचन्द्र सुवेदी र डब्ल्यूएचओका तर्फबाट डा. रवीन गौतमसहितका टोलीलाई प्रकोपजन्य स्थलको अध्ययन गर्न पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए । […]
शुरु भयो मास्क सुनिश्चितता अभियान

सप्तरी, २० असोज । सप्तरीमा मास्क प्रयोगका सुनिश्चितता कार्यक्रमको शुभारम्भ भएको छ । राजविराजको गजेन्द्र चोकमा मंगलबार देखि मास्क सुनिश्चितता शुभारम्भ गरिएको छ । प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले यो कार्यक्रमकोे उद्घाटन गर्दै सबैलाई मास्क लगाइरहनुपर्ने बताए । कोरोनाको कहर घटेपनि मास्कको प्रयोग नगरिए बढ्न सक्ने भन्दै उनले बजार निस्किँदा, कुनै व्यक्तिसँग […]
आजदेखि ललितपुरमा १८ वर्षमाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप दिइँदै

काठमाडौं । ललितपुर जिल्लामा आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइँदै छ । जिल्लाअन्तर्गतका खोप केन्द्रहरूबाट ललितपुरवासीलाई भेरोसेल खोप दिन लागिएको हो । जिल्ला खोप समन्वय समितिको निर्देशनअनुसार १८ वर्षमाथिका उमेर समूहलाई भेरोसेलको पहिलो डोज खोप दिन लागिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । चाडपर्वको समयमा भिडभाड बढ्न सक्ने र कोरोना फैलन सक्ने […]
कृष्णनगर नगरपालिकाकाे बहादुरगंजमा हैजाको कारणले दुई जनाकाे मृत्यु

घनश्याम यादव कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका अन्तर्गत बहादुरगंजमा हैजा लागेर दुई जनाको मृत्यु भएको छ । उक्त नगरपालिका अन्तर्गत पर्ने बहादुरगंज र यहाका आसपास देवानगढिया, जमुनी, सुखरामपुर, दयानगर, बभनपुरवा, जुमिला, विजयनगर लगायतका गाउँहरुमा गए रातिदेखि नै झाडा पखाला र उल्टी हैजा जस्ता रोगहरुको लक्षण बढेकाले बिरामीको चाप बढेको छ । मृतक दुई जनाले […]
कोभिडका कारण मर्ने प्रत्येकलाई क्षतिपूर्ति दिइने

अन्जना बिश्वकर्मा गुल्मी । कोभिड १९ का कारण मृत्युवरण गर्न पुगेका प्रत्येक नागरिकलाई क्षतिपूर्तिस्वरूप भारतीय रुपियाँ ५० हजार अर्थात् ६ सय ७४ अमेरिकी डलर दिने सरकारको निर्णयलाई भारतको सार्वोच्च अदालतले सोमबार सदर गरेको छ । वकिलहरूले भारतको दैवी प्रकोप व्यवस्थापन कानुनअनुसार कोभिड पीडितहरूका लागि क्षतिपूर्तिको माग गर्दै याचिकापत्र दायर गरेपछि सर्वोच्च अदालतले यो निर्णय दिएको […]
भरतपुर अस्पतालमा आज बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म जनरल ओपिडी सेवा शुरु

चितवन । भरतपुर अस्पतालले आफ्नो सेवा विस्तार गर्दै लगेको छ । अस्पतालले आज बाट बिहान ८ः३० बजेबाट दिउँसो ३ बजेसम्म जनरल ओपिडि सेवा शुरु गरेको हो । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा।डा।कृष्णप्रसाद पौडेलका अनुसार बिहान ८ बजेदेखि टिकट खुल्ला हुनेछ भने ८ः३० बजेबाट जिओपिडी परीक्षण शुरु गरिने छ । बिरामीलाई टिकट काटिसकेपछि लामो समय […]
रुकुम पूर्व पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

रुकुम । रुकुम पूर्वलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। नेपालको कान्छो जिल्लाको रूपमा स्थापित रुकुम पूर्वलाई नेपालको ६१औँ जिल्लाका रूपमा पूर्णखोप सुनिश्चितत जिल्ला घोषणा गरिएको हो। स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिले बुधबार सस्ने गाउँपालिकामा एक कार्यक्रम आयोजना गरी यहाँका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको […]
