इलामको टुंडिखेलमा एनआरएनए फुटबल प्रतियोगी हुदै

मिलन राई इलाम, माघ ६ । इलामको ठुलो टुडिखेलमा माघ ६ गतेदेखि १३ गतेसम्म रेडहर्ष फूटबल क्लबको आयोजनामा प्रथम एनआरएनए फूटबल प्रतियोगिता २०८० सम्पन्न हुने भएको छ । आयोजकले दिएको जानकारी अनुसार उक्त प्रतियोगितामा नेपाल र देश बाहिरका गरी जम्मा ८ वटा टीमले प्रतिस्पर्धा गर्दैछन् भने प्रतियोगिता संचालनका सबै तयारी पूरा भइसकेको छ । उक्त […]
इलाम गोल्डकपका लागि धमाधम अस्थायी प्यारापेट बन्दै

इलाम, पुस १५ । इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरुको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय खेलमैदान छैनन् । पक्की प्यारापेटको अभावमा हरेक प्रतियोगिता सञ्चालन गर्दा आयोजकले लाखौँ खर्च गरेर बाँसको अस्थायी प्यारापेट निर्माण गर्नुपर्ने बाध्यता छ । आगामी माघ ६ […]
सैनिकलाई राष्ट्रपति रनिङ सिल्ड

काठमाडौँ । भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड सैनिक मावि भक्तपुरले जितेको छ। सैनिक मावि २३ स्वर्ण जित्दै प्रथम भएको हो। तीनदिने प्रतियोगिताको शुक्रबारसम्म भएको अन्तिम खेलमा जेसिस स्कुल इन्द्रायणीपीठ ९ स्वर्णका साथ द्वितीय, मेधा मावि तेखापुखू ८ स्वर्णका साथ तृतीय र बागीश्वरी मावि च्याम्हासिंह ६ स्वर्णसहित सान्त्वना स्थान हासिल गर्न सफल भए। प्रतियोगिताअन्तर्गत भलिबल खेल छात्रतर्फ सैनिक […]
पोखरालाई हराएर ललितपुर सिटी फाइनलमा

काठमाडौं । अतिरिक्त समयमा कुशल देउवाले गरेको विजयी गोलको सहयोगमा १० खेलाडीमा सीमित ललितपुर सिटी एफसी जारी नेपाल सुपर लिगको फाइनलमा पुगेको छ। दशरथ रंगशालामा भएको प्रतियोगिताअन्तर्गत दोस्रो क्वालिफायर खेलमा ललितपुरले पोखरा थन्डर्स एफसीलाई २–१ ले हराएको हो। योसँगै शनिबार हुने फाइनलमा धनगढी एफसी र ललितपुरले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् । धनगढी गत पहिलो संस्करणको […]
सुखद अन्त्यको लक्ष्यमा इलाम

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा आज स्पोर्टिङ इलाम डे मेची एफसीले सिजनको अन्तिम खेल खेल्दा सुखद अन्त्यको खोजीमा हुनेछ । जारी सिजनको सबैभन्दा रोमाञ्चक टिम बने पनि इलामले हालसम्म एक मात्र जित निकालेको छ । सात खेलबाट पाँच अंकसहित पुछारमा रहेको इलामको अन्तिम–४ को सम्भावना समाप्त भइसकेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]
भारतको दक्षिण अफ्रिकामाथि इतिहासकै फराकिलो जित

काठमाडौँ । भारतले टी-२० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिकामाथि १ सय ६ रनको फराकिलो जित निकालेको छ। जुन भारतले दक्षिण अफ्रिकामाथि निकालेको इतिहासकै सर्वाधिक फराकिलो जित हो। यसअघि भारतले राजकोटमा ८८ रनको जित निकालेको थियो। तीन खेलको टी-२० सिरिजको अन्तिम खेल जितेसँगै भारतले सिरिज १-१ को बराबरी गरेको छ। यसअघि पहिलो खेल वर्षाले रद्द हुँदा दोस्रो […]
यू–१९ एसिया कप : भारतको सामना गर्दै नेपाल

काठमाडौं । एसीसी यू–१९ एसिया कपअन्तर्गतको खेलमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ । नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग खेल्न लागेको हो । आईसीसी एकेडेमी ओभर–२ मा हुने खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल यसअघि आफ्नो दोस्रो खेलमा अफगानिस्तानसँग नेपाल ७३ रनले पराजित भएको थियो । यो हारसँगै नेपालको सेमिफाइनल पुग्ने […]
हङकङ ट्रेल रेसमा धाविका ‘सुनमायाको नयाँ कीर्तिमानी’

कर्णाली । हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल रेसमा नेपालकी सुनमाया बुढाले प्रथम स्थान हात पारेकी छन्। बुढाले हङकङमा ‘द नर्थ फेस १०० अल्ट्रा ट्रेल च्यालेन्ज २०२३’ को उपाधि हात पार्न सफल भएकी हुन्। हङकङको न्यू टेरिटोरीस्थित ताइमेई तू बाट गत शुक्रबार राति १० बजे सुरु भएको एक सय किलोमिटरको प्रतिस्पर्धामा बुढाले १४ घण्टा ४० […]
नेपाल सुपर लिग : पोखरा र काठमाडौं भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । पोखरा र काठमाडौं दुवैको यो पाँचौ खेल हो । पोखरा यो सिजन अपराजित टिम हो । पोखराले चार खेलमा दुई जित र दुई बराबरी खेल्दा आठ अंक जोडेको […]
जनकपुरधाममा मंगलबारदेखि दोस्रो विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुँदै

जनकपुरधाम । जनकपुरधाममा मंगलबारदेखि दोस्रो विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुन लागेको छ। खेलाडी उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्यावसन) धनुषाले विद्यालय स्त्तरीय दोस्रो रनिङ प्रतियोगिता गर्न लागेको हो। जिल्ला क्रिकेट संघ धनुषाको सहकार्यमा मंसिर २६ गतेदेखि पुस ८ गते सम्म जनकपुरधाम उपमहानगरपालिका १४ रजौलस्थित निर्माणाधिन रामजानकी बहुउदेश्यीय अन्तराष्ट्रिय रगशालामा […]

