पाँचथरमा १०० विद्यार्थीलाई शैक्षिक सामग्री, अध्ययनमा सहयोग गर्ने अभियान

पाँचथर, असार १६। पाँचथरको फिदिम नगरपालिका–५, चोकमागुस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। आर्थिक अभावका कारण अध्ययनमा कठिनाइ भोगिरहेका विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यका साथ आयोजित कार्यक्रममा एक सय जना विद्यार्थी लाभान्वित भएका छन्। ‘सेवा र विकासका लागि युवा’ को आयोजनामा तथा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको समन्वयमा सम्पन्न कार्यक्रममा विद्यार्थीलाई दैनिक […]
सूचना

इलाम । ‘सूचनाको हक तथा नागरिकको अधिकार’ कार्यक्रम केही समयका लागि स्थगित गरिएको सम्बन्धमा रवि बजार न्युजद्वारा सञ्चालित ‘सूचनाको हक तथा नागरिकको अधिकार’ कार्यक्रम अन्तर्गत हामीले इलाम जिल्लाभरिका माध्यमिक विद्यालयहरूमा निःशुल्क जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका थियौँ। वि.सं. २०८३ साल जेठ १८ गतेबाट सुरु गरिएको यस अभियानअन्तर्गत हालसम्म माइजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिकाका अधिकांश माध्यमिक […]
कक्षा १२ को नतिजा पुनः परीक्षण र निःशुल्क रिटोटलिङको माग

काठमाडौं, असार ८ । कक्षा १२ को नतिजा सार्वजनिक भएपछि विभिन्न विद्यार्थीले उठाएका गुनासा, जिज्ञासा तथा असन्तुष्टिलाई गम्भीरतापूर्वक सम्बोधन गर्न माग गर्दै जेनजी अभियानका अगुवा रवि किरण हमालले सरकारको ध्यानाकर्षण गराएका छन्। उनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई पत्र लेख्दै नतिजा प्रकाशन प्रक्रियाको निष्पक्ष र पारदर्शी समीक्षा गर्न आग्रह गरेका हुन्। हमालले राष्ट्रिय परीक्षा […]
विद्यार्थीको घरदैलोदेखि गुणस्तरीय शिक्षासम्म : फिक्कल माध्यमिक विद्यालयको फरक अभ्यास

इलाम, असार । सूर्योदय नगरपालिका–१० स्थित फिक्कल माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा, विद्यार्थीमैत्री वातावरण र समुदायसँगको सहकार्यका माध्यमबाट आफूलाई जिल्लाकै अग्रणी सामुदायिक विद्यालयका रूपमा स्थापित गर्दै आएको छ। विद्यालयका प्रधानाध्यापक राजेन श्रेष्ठले विद्यालयको शैक्षिक अवस्था, उपलब्धि, चुनौती तथा भावी योजनाबारे जानकारी दिँदै विद्यार्थीको समग्र विकासलाई केन्द्रमा राखेर काम भइरहेको बताएका छन्। सूचनाको हक तथा नागरिकको अधिकार […]
वीरेन्द्र माविमा पूर्वाधार सुधारको आवश्यकता

इलाम । सूर्योदय नगरपालिका–११ आइतबारेस्थित श्री वीरेन्द्र माध्यमिक विद्यालयमा आधारभूत शैक्षिक सुविधा उपलब्ध भए पनि खानेपानी, शौचालय, सूचना प्रविधि, भौतिक पूर्वाधार तथा सुरक्षा व्यवस्थापनका क्षेत्रमा थप सुधार आवश्यक रहेको पाइएको छ। रविबजार न्युजद्वारा सञ्चालित ‘सूचनाको हक तथा नागरिकको अधिकार’ कार्यक्रमअन्तर्गत विद्यालयका प्रधानाध्यापक लेखराज भट्टराईसँग गरिएको अन्तरक्रिया तथा स्थलगत अनुगमनका क्रममा विद्यालयका उपलब्धि र चुनौती दुवै […]
करफोक विद्या मन्दिर : शिक्षा र कृषि अभ्यासको उत्कृष्ट नमुना

इलाम । सूर्योदय नगरपालिका–१२ करफोकस्थित श्री करफोक विद्या मन्दिर माध्यमिक विद्यालयमा विद्यार्थी सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको पाइएको छ। शैक्षिक गुणस्तर, कृषि शिक्षाको प्रभावकारी अभ्यास, खेलकुद गतिविधि तथा यातायात सुविधाका कारण विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको विद्यालय प्रशासनले जनाएको छ। रविबजार न्युजद्वारा सञ्चालित ‘सूचनाको हक तथा नागरिकको अधिकार’ कार्यक्रमअन्तर्गत विद्यालयका प्रधानाध्यापक गणेश प्रसाद […]
रोङ–३ को शान्ति निकेतन माध्यमिक विद्यालयमा बस सेवा ठप्प हुँदा विद्यार्थी घट्दै

इलाम । रोङ गाउँपालिका–३ कुटीडाँडास्थित श्री शान्ति निकेतन माध्यमिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको पाइएको छ। विद्यालय प्रधानाध्यापकका अनुसार हाल विद्यालयमा १६० जना विद्यार्थी अध्ययनरत छन्। अघिल्लो वर्षको तुलनामा केही विद्यार्थी सङ्ख्या घटेको विद्यालयले जनाएको छ। रविबजार न्युजद्वारा सञ्चालित ‘सूचनाको हक तथा नागरिकको अधिकार’ कार्यक्रमअन्तर्गत विद्यालयका प्रधानाध्यापक खडानन्द ढुङ्गानासँग गरिएको अन्तर्वार्ता तथा स्थलगत अनुगमनका क्रममा […]
रोङ गाउँपालिकाको श्री सरस्वती माध्यमिक विद्यालय : अवस्था, चुनौती र सम्भावना

इलाम, रोङ गाउँपालिका–४ भालुझोडा । रविबजा न्युजद्वारा सञ्चालित ‘सूचनाको हक तथा नागरिकको अधिकार’ कार्यक्रमअन्तर्गत सरस्वती माध्यमिक विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक अवस्थाबारे स्थलगत अनुगमन तथा विद्यालयका प्रधानाध्यापक सुवास भण्डारीसँग अन्तरक्रिया गरिएको छ। विद्यालय प्रशासनका अनुसार हाल विद्यालयमा जम्मा १३९ जना विद्यार्थी अध्ययनरत छन्। अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब २० देखि २५ जना विद्यार्थी घटेको […]
एआईदेखि साइबर सुरक्षासम्म : सन्दकपुरका युवाले पाए प्रशिक्षण

इलाम । सन्दकपुर गाउँपालिकाले युवा तथा विद्यार्थीलाई आधुनिक सूचना प्रविधिसँग परिचित गराउने उद्देश्यले आयोजना गरेको तीनदिने सूचना प्रविधि प्रयोग तथा क्षमता विकास तालिम सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा सञ्चालन गरिएको तालिममा वडा नं. १, २ र ३ का ५२ भन्दा बढी युवा तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। डिजिटल युगसँगै प्रविधिको प्रयोग दैनिक जीवन, शिक्षा, रोजगारी […]
निःशुल्क आवासीय शिक्षाले फेरिँदै बालबालिकाको भविष्य

खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले आर्थिक रूपमा कमजोर, अभिभावकविहीन तथा असहाय बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले सञ्चालन गरेको निःशुल्क आवासीय शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। गाउँपालिका–३ काहुलेमा रहेको लक्ष्मी आवासीय माध्यमिक विद्यालयमार्फत सञ्चालित यस कार्यक्रमबाट लक्षित वर्गका बालबालिका प्रत्यक्ष रूपमा लाभान्वित भइरहेका छन्। चालु शैक्षिक सत्रमा विद्यालयमा १३६ जना विद्यार्थी भर्ना भएका छन्। तीमध्ये […]
