शिक्षिकाद्वारा जन्मदिनकै दिन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इलाम । इलाम नगरपालिका–१२ साङ्रुम्बास्थित रत्नलक्ष्मी आधारभूत विद्यालयकी शिक्षिका गंगा देवी अधिकारीले आफ्नो जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग संख्या जोड्दै विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी छन्। शिक्षण क्षेत्रमा लामो समयदेखिको अनुभव बोकेकी अधिकारीले जन्मदिन मनाउने परम्परालाई समाजोपयोगी कार्यमार्फत अर्थपूर्ण बनाउनु आवश्यक रहेको बताउँदै विद्यालयका बालबालिकालाई अध्ययनमा जोड दिन सहयोगस्वरूप सामग्री प्रदान गरेको उल्लेख गरिन्। शैक्षिक सामग्री […]

कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक: ७३.४१ प्रतिशत विद्यार्थी ग्रेडेड

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको छ। प्रकाशन भएको विवरणअनुसार, परीक्षामा सहभागी कुल एक लाख ४ हजार २६ विद्यार्थीमध्ये ७६ हजार ३६७ विद्यार्थीले उत्तीर्ण प्राप्त गरेका छन्, जसअनुसार ग्रेडेड विद्यार्थीको प्रतिशत ७३.४१ प्रतिशत रहेको छ। नन–ग्रेडेड विद्यार्थीलाई लक्षित गर्दै बोर्डले ७ र ८ असोजमा मौका परीक्षा सञ्चालन गरेको थियो। […]

सुन्दरहरैंचामा साथी कम्प्युटर सेन्टरद्वारा रोचक क्विज प्रतियोगिता सम्पन्न

सुन्दरहरैंचा (मोरङ) – मोरङको सुन्दरहरैंचा–३ स्थित साथी कम्प्युटर लर्निङ सेन्टरले आफ्ना विद्यार्थीहरूबीच ज्ञान, सीप र प्रतिस्पर्धात्मक भावना बढाउने उद्देश्यले रोचक क्विज प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगिता दुई चरणमा सम्पन्न भएको थियो। पहिलो चरण समूहगत प्रतिस्पर्धा थियो भने दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूले व्यक्तिगत स्तरमा चुनौतीपूर्ण प्रश्नहरूको उत्तर दिनु पर्ने प्रतियोगितामा भाग लिएका थिए। पहिलो […]

बेलबारीमा रहेको डेल्टा इंग्लिस स्कुललाई अन्तर्राष्ट्रिय अवार्ड

सुन्दरहरैचा (मोरङ) : एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्डमा मोरंगको बेलबारी नगरपालिका वडा नम्बर ४ मा अवस्थित डेल्टा इंग्लिस स्कुलले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ। मलेसियामा आयोजना गरिने कार्यक्रममा नेपाल, मलेसिया, फिलिपिन्स, युएसए, युके, इण्डिया, बांग्लादेश लगायत विभिन्न देशहरुका विभिन्न क्षेत्रका ख्याती प्राप्त विद्यालयहरु, संस्थाहरु र व्यक्तित्वहरुलाई इन्टरनेसनल एक्सेलेन्स अवार्डद्वारा सम्मान गर्न […]

हिमालय इंग्लिस स्कुलका प्रिन्सिपल खनाल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुँदै

सुन्दरहरैंचा (मोरङ) : एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्डमा सुन्दरहरैंचा नगरपालिका वार्ड नम्बर १० मा अवस्थित हिमालय इंग्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएका छन्। प्रिन्सिपल खनाललाई उत्कृष्ट प्रिन्सिपल अवार्डद्वारा सम्मान गर्न लागिएको हो। मलेसियामा आयोजना गरिने कार्यक्रममा नेपाल, मलेसिया, फिलिपिन्स, युएसए,युके,इण्डिया, बांग्लादेश लगायत विभिन्न देशहरुका विभिन्न क्षेत्रका ख्याती […]

इलामको रोङमा नयाँ अभ्यास : अभिभावकलाई पनि विद्यालयमै शिक्षा

इलाम। सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न इलामको रोङ गाउँपालिकाले अनौठो र प्रभावकारी कदम चालिरहेको छ। दुई वर्षअघि सुरु गरिएको ‘अभिभावक शिक्षा कार्यक्रम’ मार्फत अहिले गाउँपालिकाका सामुदायिक विद्यालयका अभिभावकहरूलाई पनि नियमित रूपमा विद्यालयमै बोलाएर अध्ययन–अध्यापन गराइँदै आएको छ। गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुबास)का अनुसार शिक्षा सुधारमा शिक्षक र सरकार मात्र होइन, अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण […]

रोङ गाउँपालिका: विद्यार्थी मात्र होइन, अभिभावक पनि शिक्षा प्राप्त गर्दै

इलाम .:. रोङ, गाउँपालिका। शिक्षा क्षेत्रमा नविनतम पहलको रुपमा रोङ गाउँपालिकाले विद्यार्थी मात्र नभई अभिभावकलाई पनि शिक्षा पहुँच पुर्‍याउने अनौठो कार्यक्रम संचालन गरेको छ। गाउँपालिकाका अधिकारीहरूको अनुसार यस कार्यक्रमले परिवारसहितको शिक्षा प्रवर्धन गर्ने लक्ष्य राखेको छ। कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले विद्यालयमा नियमित कक्षा लिनुका साथै अभिभावकहरूलाई जीवनोपयोगी पाठ्यक्रम, स्वास्थ्य शिक्षा, कृषि सम्बन्धी प्रशिक्षण र मौलिक अध्ययनका अवसर […]

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते हुने, राष्ट्रिय परीक्षा बोर्डद्वारा नयाँ तालिका सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने जनाएको छ। देशको विशेष परिस्थिति र व्यवस्थापकीय कारणका कारण परीक्षा तालिका परिमार्जन गरिएको बोर्डले जानकारी दिएको हो। नवीनतम तालिका अनुसार पहिलो दिन अर्थात् असोज ७ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ। त्यसपछिको दिन असोज ८ […]

शिक्षा क्षेत्रमा असहज परिस्थिति, विद्यालय र परीक्षा प्रभावित

काठमाडौं – हाल देशभर उत्पन्न असहज परिस्थितिले शिक्षा क्षेत्रमा प्रत्यक्ष असर परेको छ। शिक्षा मन्त्रालयको मुख्य भवनमा क्षति पुगेपछि मन्त्रालयले अस्थायी रूपमा केशरमहल परिसरबाट आफ्नो कामकाज सञ्चालन गर्ने तयारी गरेको छ। पछिल्ला दिनमा जेनजी समूहको प्रदर्शन र हिंसात्मक गतिविधिका कारण विद्यालयहरू लामो समयदेखि बन्द रहँदा, विद्यार्थीहरूको पठनपाठन अवरुद्ध भएको छ। यसै क्रममा निर्धारित परीक्षा तालिका […]

जितपुर सिमरा उपमहानगरपालिकाका विद्यालय र वडा कार्यालय आइतबारदेखि सञ्चालनमा आउने

बारा ।, जितपुर सिमरा उपमहानगरपालिकामा आन्दोलनका कारण रोकिएका विद्यालय र वडा कार्यालयहरू आइतबारदेखि फेरि सञ्चालनमा आउने भएका छन्। अवरोधका क्रममा ६ वटा वडा कार्यालयमा आगजनी र तोडफोडले क्षति पुर्‍याएको छ। केही महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका कारण राष्ट्रिय परिचयपत्र (नागरिकता) सेवा तत्काल प्रभावमा सुचारु गर्न समस्या देखिएको छ। उपमहानगरपालिकाका अधिकारीहरूले प्रभावित वडा कार्यालयमा क्षतिपूर्ति र […]