जितपुर सिमरा उपमहानगरपालिकाका विद्यालय र वडा कार्यालय आइतबारदेखि सञ्चालनमा आउने

बारा ।, जितपुर सिमरा उपमहानगरपालिकामा आन्दोलनका कारण रोकिएका विद्यालय र वडा कार्यालयहरू आइतबारदेखि फेरि सञ्चालनमा आउने भएका छन्। अवरोधका क्रममा ६ वटा वडा कार्यालयमा आगजनी र तोडफोडले क्षति पुर्‍याएको छ। केही महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका कारण राष्ट्रिय परिचयपत्र (नागरिकता) सेवा तत्काल प्रभावमा सुचारु गर्न समस्या देखिएको छ। उपमहानगरपालिकाका अधिकारीहरूले प्रभावित वडा कार्यालयमा क्षतिपूर्ति र […]

इलामको फाकफोकथुम–७ दाेकानडाँडास्थित जनकल्याण माध्यमिक विद्यालयमा विद्यार्थी, शिक्षक र अभिभावकबीच अन्तरक्रिया

इलाम / इलाम जिल्लाको फाकफोकथुम–७ दाेकानडाँडामा रहेको जनकल्याण माध्यमिक विद्यालयमा विद्यार्थी, शिक्षक र अभिभावकबीच आपसी सहकार्य र विद्यालयको शैक्षिक गुणस्तरबारे छलफल गरिएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको थियो। विद्यालयमा शिक्षण–शिक्षण पद्धति सुधार, अनुशासन, सहपाठीसँगको व्यवहार, र विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको सहभागीहरूले जनाएका छन्। विद्यालय […]

प्याब्सन सूर्योदयको विरोध

संघीय शिक्षा ऐनको विरोध गर्दै आज संस्थागत विद्यालय प्याब्सन सूर्योदय नगर कार्य समितिले विरोध र्याली निकालेको छ। सरकारले नीजि विद्यालयहरु बन्द गराउने गरि शिक्षा ऐन ल्याउन लागेको भन्दै विरोध जनाइएको छ । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा निकालिएको सो शान्तिपूर्ण विरोध कार्यक्रममा नीजि विद्यालयका पहेला गाडीहरु लामबद्द गुडाइएका थिए। गुम्बापथबाट शुरु भएको र्याली शान्तिचोक हुदै फिक्कल […]

दाता सम्मान कार्यक्रम सम्पन्न

इलाम- सूर्योदय नगरपालिका वडा नं. ११ सुन्तले स्थित श्री कृष्ण आधारभूत विद्यालयको दाता सम्मान , शैक्षिक प्रदर्शनी तथा विद्यार्थीलाई पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ। सूर्योदय नगरपालिकाका नगरप्रमुख श्री रण बहादुर राईको प्रमुख आतिथ्यता तथा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी को विशिष्ट आतिथ्यता मा सम्पन्न उक्त कार्यक्रममा विद्यालयलाई स्थापना कालदेखि विभिन्न समयमा सहयोग […]

नेपालको शिक्षामा स्तर नै छैन विजुक्छें प्रा.डा. रजितभक्त प्रधानाङ्ग र सोमकान्त भण्डारीको फौजदारी कानुन र फौजदारी न्याय पुस्तक विमोचन

सन्जिब दुलाल भक्तपुर । प्राध्यापक डाक्टर रजितभक्त प्रधानाङ्ग र सोमकान्त भण्डारीको फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक विमोचन भएको छ । शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा प्राध्यापक डाक्टर प्रधानाङ्ग र भण्डारीको लेखहरूको सँगालो समेटिएको नेपालको फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक विमोचन भएको हो । पुस्तक विमोचन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष […]

बाढीले स्कुल डुबायो, पुस्तक बगायो पढ्ने कसरी ?

बरहथवा-सर्लाही/  गत शनिबार अविरल वर्षापछि गएको बाढीले सर्लाहीको रामनगर गाउँपालिका–२ ध्रुवा टोलका नौ वर्षीय रामकुमार महतोलाई चिन्तामा पारेको छ । पढाइमा निकै मेहनती महतोले बाढीले घरमा भएका सबै पुस्तक बगाएको गुनासो गरे । आफू पढ्ने गरेको श्री प्राथमिक विद्यालय डुबाएपछि उनी थप चिन्तामा छन् । “स्कुलले दिएको पुस्तक नयाँ नै थियो, बाढीले बगाएर लग्यो । […]

पुर्वाञ्चल पब्लिक स्कुलको एकेडेमिक हेडमा राई नियुक्त

बिराटनगर : मोरङको सुन्दरहरैंचा -५ मा रहेको पूर्वाञ्चल पब्लिक स्कुलको एकेडेमिक हेडमा अमृत राईलाई नियुक्त गरिएको छ। सोही स्कुलमा अध्यापन गराउने अंग्रेजी तथा सामाजिक शिक्षक समेत रहेका राईलाई स्कुलको एकेडेमिक हेडमा नियुक्त गरिएको प्रिन्सिपल सन्तोष कुमार राईले जानकारी दिए । नव नियुक्त एकेडेमिक हेड राईले अब यस स्कुलको शैक्षिक गुणस्तर कार्यक्रममा प्रत्यक्ष सहभागी भएर समग्र […]

अत्यधिक गर्मी बढेपछि विद्यालयलाई छ दिनका लागि बिदा

महोत्तरी/ पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यपालिकाको कार्यालयले अत्यधिक बढेको गर्मीकै कारण आजदेखि छ दिन विद्यालय बिदा दिने सूचना गरेको हो । महोत्तरीमा असोज सङ्क्रान्तियता ४५ डिग्री सेल्सियस तापक्रम रहँदै आएको छ । घामको प्रचण्ड राप बढेर कलिला उमेरका […]

लोकसेवामा महिलाका लागि, निःशुल्क तयारी कक्षा

म्याग्दी/ कक्षा १२ उत्तीर्ण गरेपछि अधिकांश महिला लाखौँ खर्च गरेर जापान, युरोप र अमेरिकालगायत देश जान थालेपछि सामाजिक विकास कार्यालय म्याग्दीले लोकसेवाका लागि निःशुल्क तयारी कक्षा सुरु गरेको छ । उच्च शिक्षा र रोजगारीका लागि विदेशिनेक्रम बढेपछि जिल्लाको शैक्षिक संस्था, सार्वजनिक सेवा र निजी क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव समस्याका रुपमा देखिन थालेपछि कार्यालयले कक्षा […]

अङ्ग्रेजी माध्यममा पढाइ हुँदा,विद्यार्थी बढेपछि, व्यवस्थापनमा चुनौती सामुदायिक विद्यालयलाई

महोत्तरी/  जिल्ला  सदरमुकाम जलेश्वरभन्दा ६० किलोमिटर टाढाको एक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि सो विद्यालयमा विद्यार्थीको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । जिल्लाको गौशाला नगरपालिका–१० मरहाखोला पारिको दुर्गम बस्तीमा अवस्थित जनता माध्यमिक विद्यालय भरतपुरखोरमा विगत डेढ वर्षदेखि शिशु कक्षादेखि १२ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि त्यस विद्यालयमा विद्यार्थी सङ्ख्या निकै वृद्धि भएको […]