जमुनाको श्री भानुदय आधारभूत विद्यालयमा जनचेतनामूलक कार्यक्रम सम्पन्न, विद्यालयका विविध समस्याहरू उजागर

इलाम । मिति २०८३/०२/२९ गतेका दिन सन्दकपुर गाउँपालिका–५, जमुना। इलाम जिल्लाभित्र रहेका सामुदायिक विद्यालयहरूमा सूचनाको हक तथा नागरिक अधिकारसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको हाम्रो टोलीले सन्दकपुर गाउँपालिका–५ स्थित श्री भानुदय आधारभूत विद्यालयमा पनि कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय नजिकै बसोबास गर्ने स्थानीयवासीहरूले विद्यालयमा रहेका विभिन्न समस्याबारे जानकारी गराएपछि टोलीले विद्यालयको स्थलगत अवलोकनसमेत गरेको थियो। कार्यक्रमका […]

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गुणस्तरीय शिक्षाको प्रयास, तर चुनौती अनेक

इलाम, सन्दकपुर गाउँपालिका–५, जमुना, इलाम | मिति : २०८३/०२/२९ रबिबजार न्युजद्वारा सञ्चालित “सूचनाको हक सम्बन्धी नागरिकको अधिकार” कार्यक्रम अन्तर्गत सन्दकपुर गाउँपालिका–५, जमुनास्थित श्री भगवती माध्यमिक विद्यालय को स्थलगत अनुगमन तथा प्रधानाध्यापक धर्मेन्द्र कुमार चौहान सँग अन्तरवार्ता गरिएको छ। उक्त अन्तरवार्ता पत्रकार पदम लिम्बू ले लिनुभएको थियो। अनुगमनका क्रममा विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार, विद्यार्थी संख्या, […]

श्याम्बल माध्यमिक विद्यालयमा बिषयगत शिक्षकको अभाव

इलाम, इलामको सन्दकपुर गाउँपालिका–२, माईमझुवामा रहेको श्री श्याम्बल माध्यमिक विद्यालयमा विभिन्न शैक्षिक तथा भौतिक समस्यासँग जुधिरहेको पाइएको छ। विद्यालयका प्रधानाध्यापक हिमालय नेउपाने सँग गरिएको अन्तरवार्तामा विद्यार्थी सङ्ख्या घट्नु, शिक्षक अभाव, कमजोर शैक्षिक नतिजा, अपर्याप्त स्रोतसाधन तथा स्थानीय तहबाट अपेक्षित सहयोग नपाएको जस्ता विषयहरू सार्वजनिक भएका छन्। प्रधानाध्यापक नेउपानेका अनुसार यस शैक्षिक सत्रमा विद्यालयमा गत वर्षको […]

शैक्षिक अवस्था गुज्रिदै प्रबोध माध्यमिक बिद्यालय

इलाम, जेठ २८। इलाम जिल्लाको सन्दकपुर गाउँपालिका–४, माबुस्थित श्री प्रबाेध माध्यमिक विद्यालयमा आज आयोजित “सूचनाको हक सम्बन्धी नागरिकको अधिकार” कार्यक्रममा विद्यार्थीहरूले विध्यालय रहेका शैक्षिक, भौतिक तथा व्यवस्थापकीय समस्याबारे खुलेर आफ्ना धारणा राखेका छन्। रबिबजार न्युजद्वारा सञ्चालित उक्त कार्यक्रमले विद्यालयको वास्तविक अवस्था सार्वजनिक गर्दै शिक्षा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र सुधारको आवश्यकतामाथि ध्यानाकर्षण गराएको छ। कार्यक्रमका क्रममा […]

“सन्दकपुरको सरस्वती माविमा पूर्वाधारकाे ददनीय अवस्था”

  इलाम श्री सरस्वती माध्यमिक विधालय सन्दकपुर-३ सुलुबुङमा रबिबजार न्युजद्वारा सञ्चालित “सूचनाको हक सम्बन्धी नागरिकको अधिकार” कार्यक्रम अन्तर्गत श्री सरस्वती माध्यमिक विद्यालयको स्थलगत अनुगमन तथा अवलोकन गरिएको छ। अनुगमनका क्रममा विद्यालयको शैक्षिक व्यवस्थापन , भौतिक पूर्वाधार, प्रयोगशाला विद्यालयमा सञ्चालित बाली विज्ञान तथा अन्य सेवा–सुविधाको अध्ययन गरिएको थियो। विद्यालयका प्रधानाध्यापक रेखराज पोख्रेल का अनुसार विद्यालयमा हाल […]

इलाम, श्री आदरणीय माध्यमिक विद्यालयको अनुगमन, विद्यालयका विभिन्न समस्या उजागर

इलाम, सन्दकपुर “सूचनाको हक सम्बन्धी नागरिकको अधिकार” कार्यक्रम अन्तर्गत रबिबजार न्युजको टोलीले इलाम जिल्लाको सन्दकपुर गाउँपालिका–१, माईपोखरी, छाँगेस्थित श्री आदरणीय माध्यमिक विद्यालय को स्थलगत अनुगमन तथा अवलोकन गरेको छ। अनुगमनका क्रममा विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार, प्रयोगशाला, पुस्तकालय, खानेपानी, शौचालय तथा अन्य सेवा–सुविधाको अध्ययन गरिएको थियो। यस अवसरमा विद्यालयका प्रधानाध्यापक श्री धनकुमार राई सँग पत्रकार […]

विद्युत् अभाव र जीर्ण भौतिक संरचनाले श्री माईपोखरी संस्कृत माध्यमिक विद्यालयको पठनपाठन प्रभावित

इलाम, सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–३, सुलुबुङ स्थित श्री माईपोखरी संस्कृत माध्यमिक विद्यालयमा विद्युत् अभाव, जीर्ण टिनको छाना, घेराबारको कमी तथा शैक्षिक पूर्वाधारका विभिन्न समस्याले विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर पारिरहेको पाइएको छ। मिति २०८३ साल जेठ २६ गते रबिबजार न्युजद्वारा आयोजित “सूचनाको हक सम्बन्धी नागरिकको अधिकार” विषयक कार्यक्रम अन्तर्गत विद्यालयमा विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापन […]

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैदान, प्रयोगशाला र पूर्वाधार सुधारको माग

इलाम, माइजोगमाई । माइजोगमाई गाउँपालिका–१, प्रेमेजुङस्थित श्री शिवमाई माध्यमिक विद्यालय मा रबिबजार न्युजद्वारा सञ्चालित “सूचनाको हक सम्बन्धी नागरिकको अधिकार” कार्यक्रम अन्तर्गत विद्यार्थीहरूसँग अन्तरक्रिया तथा विद्यालयको स्थलगत अनुगमन गरिएको छ। कार्यक्रमका संयोजक पदम लिम्बुसँग भएको खुला संवादमा विद्यार्थीहरूले विद्यालयमा देखिएका विभिन्न समस्या, गुनासा तथा सुधारका अपेक्षाबारे खुलेर आफ्ना धारणा राखेका थिए। कार्यक्रममा विद्यार्थीहरूले शैक्षिक, भौतिक तथा […]

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण व्यवहारदेखि प्रयोगात्मक कक्षाको अभावसम्मका प्रश्न…

इलाम, मिति: २०८३/०२/२०। माइजोगमाइ रबिबजार न्युजद्वारा सञ्चालित “सूचनाको हक सम्बन्धी नागरिकको अधिकार” कार्यक्रम अन्तर्गत आज श्री सरस्वती माध्यमिक विद्यालय, सोयाङ्कमा विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय अवस्थाबारे अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरूले विद्यालयमा रहेका विभिन्न समस्या र चुनौतीहरू खुलस्त रूपमा प्रस्तुत गरेका छन्। कार्यक्रमका संयोजक पदम लिम्बुले विद्यालयका […]

इलाम सिरिसे माध्यमिक विद्यालयका वास्तविक समस्या बारे र गुणस्तरीय शिक्षाको बारे ध्यान दिनु पर्ने देखिएको छ।

माइजोगमाई–५, इलाम रबिबजार न्युजद्वारा आयोजित “सूचनाको हक सम्बन्धि नागरिकको अधिकार” कार्यक्रम अन्तर्गत इलाम जिल्लाको माइजोगमाई गाउँपालिका–५ स्थित सिरिसे माध्यमिक विद्यालयमा गरिएको स्थलगत अवलोकन तथा अन्तरक्रियाले विद्यालयका विविध पक्षलाई उजागर गरेको छ। कार्यक्रममा विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार, विद्यार्थी अनुशासन, पारदर्शिता तथा समग्र व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा सहभागी शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरूले विद्यालयमा […]